सुखीपुर नगरपालिकामा दलित परिवारलाई निःशुल्क ग्यास सिलिण्डर र चोल्हो वितरण

  • प्रकाशित मितिः चैत्र 13, 2078
  • रोयाण्टर मण्डल
  • 964 पटक पढिएको

सुखीपुर (सिरहा) । सिरहाको सुखीपुर नगरपालिकाले “दलित घर धुँवामुक्त घर” कार्यक्रम अन्तर्गत नगरपालिकाभरीका १६ सय ८० दलित घरधुरीलाई ग्यास सिलिण्डर, ग्यास लाईटर सहित चुल्हो वितरण गरेको छ ।

 


चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम अन्तरगत नगरपालिका अन्तर्गत १० वटै वडाका फारम गरेको सम्पूर्ण दलित परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको नगरपालिका नगर प्रमुख राम औतार यादवलले जानकारी दिनुभयो ।

No description available.

 

नगरपालिकाले चालु आर्थिक बर्षमा “दलितको धुँवामुक्त घर” कार्यक्रम अन्तरगते निःशुल्क ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको नगरपालिकामा नगर प्रमुख यादवले बताउनुभयो ।
नगरपालिका भरीका १६ सय ८० दलित घर परिवारलाई ग्यास वितरण गरिएको र छुटेकोहरुलाई निकट भविष्यमा वितरण गरिने उहाँले बताउनुभयो ।

 

ग्यास सिलिण्डरसहित चुल्हो सेट पाएपछि निकै खुसी लागेको सुखीपुर नगरपालिका वडा नम्बर ८ की आशा पासमानले बताईन । ‘दाउरा खोज्न निकै समस्या हुन्थ्यो, गाई भैसीको गोवरबाट बनेको गोईटा भन्सा गर्नु परेको बाध्यता थियो’, उहाँले बताईन् । ‘नगरपालिकाले ग्यास सिलिण्डर वितरण गरेपछि दाउरा र धुँवाको झन्झट हट्नेछ ।’

No description available.

नगरपालिकाले जनतामा प्रत्यक्ष पुग्ने यस्तै खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयहरुले बताउनुभयो ।


नगरपालिका नगर प्रमुख यादवको अध्यक्षतामा आयोजित निःशुल्क ग्यास सिलिण्डर तथा चुल्हो वितरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीयलगायतको सहभागिता रहेको सुखीपुर नगरपालिकाका ईन्जिनियर डोमी यादवले जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६