नगर प्रमुखद्वारा सुखीपुर नगरपालिकाको भवन उद्घाटन

  • प्रकाशित मितिः चैत्र 15, 2078
  • रोयाण्टर मण्डल
  • 477 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा । सुखीपुर नगरपालिकाको नयाँ प्रशासनिक भवनको सोमबार सुखीपुर नगरपालिकाका नगर प्रमुख राम अवतार यादवले उद्घाटन गर्नु भएको छ ।


सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित गोरु बजारको चौरमा नगरपालिकाको सुविधा सम्पन्न नयाँ प्रशासनिक भवनको निर्माण गरिएको छ ।


भवन उद्घाटन गर्दै नगर प्रमुख यादवले नयाँ प्रशासनिक भवनबाट सेवाग्राहीलाई हुने सेवा प्रवाह प्रभावकारी र सेवाग्राही मैत्री बन्नुपर्ने बताउनुभयो ।


कार्यालयबाट हुने कार्य सम्पादनबाट सेवाग्राहीको सन्तुष्टि, सेवा प्रवाहमा सेवाग्राहीको धारणा, कर्मचारीको कार्यसम्पादन मुल्यांकन सबै पक्षलाई सहि ढंगबाट अगाडी बढाउन आवश्यक रहेको बताउनुभयो ।

No description available.
कार्यक्रमको प्रमुख अतिथीमा लुम्बिनी प्रदेशका पुर्व प्रदेश प्रमुख श्री धर्मनाथ प्रसाद यादवले नगर प्रमुखको कार्यकालमै भवन निर्माण भएकोले खुशी भएको बताउनुभयो ।

No description available.


उद्घाटन कार्यक्रममा  वडा अध्यक्षहरु कार्यपालिका सदस्य, नगर सभा सदस्य, नगरपालिकाका कर्मचारी, शिक्षक, राजनीतिकर्मी , बुद्धिजीवी लगायतको उपस्थिती रहेको थियो ।

 

स्वागत मन्तव्य सुखीपुर नगरपालिकाका वडा नम्वर ७ का वडा अध्यक्ष विरेन्द्र महतोले गर्नुभएको थियो भने उद्घोषण सुखीपुर नगरपालिकाका कर्मचारी अन्देश्वर मण्डलले गर्नुभयो ।

 

निर्माण कार्य भवनको स्ट्रकचर सम्बन्धी लगभग सम्पूर्ण कार्य सम्पन्न भएको सुखीपुर नगरपालिकाका प्राविधिक शाखाले जानकारी गराउनुभयो ।

 

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका ५ बजे सकिँदै

काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद

सुखीपुरमा एक दिने निःशुल्क आखाँ शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६