अस्ताउँदो सूर्यलाई अर्घ दिई आज सुखीपुरमा चैती छठ पर्व मनाइँदै

  • प्रकाशित मितिः चैत्र २४, २०७८
  • मधेश स्पेशल
  • 850 पटक पढिएको

रोयाण्टर मण्डल 
सुखीपुर (सिरहा) । सिरहाको सुखीपुर सहित मिथिलाञ्चलका विभिन्न गाउँमा आज विहीवार साँझ अस्ताउँदो सूर्यलार्ई अर्घ चैती छठ पर्व धुमधामका साथ मनाइँदै छ ।

 

सुखीपुरको राम जानकी पोखरीमा प्रत्येक वर्ष झै जलासयहरु झकिझाउ रुपमा सिङ्गारिएको छ । सुखीपुरमा कात्र्तिकमा पनि धुमधामका साथ छठ हुने गरेको छ तर चैती छठ महोत्सवका रुपमा मनाउदै आएका छन् ।

 

आज लोक सास्कृती कार्यक्रम, निःशुल्क चिया, लसी र सरवतको व्यवस्थाको साथै आज रातभर जागग्राम बस्ने गरेको सुखीपुर चैती छठ महोत्सव समितिका अध्यक्ष महेश कुमार साहले जानकारी गराउनुभयो ।

 

चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन अरवा अरवाइन गर्ने गरिन्छ भने दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुन्छ ।

 

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको अर्घ दिने गरिन्छ ।

 

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

 

पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसर नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् ।

No description available.

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको पहिलो दिन मंगलवार व्रतीहरूले “नहाय खाय’’ अर्थात् नुहाएर खाने गर्दछन् । उनीहरूले जीउ पनि चोख्याउने काम गर्दछन् ।
त्यस्तै पर्वको दोस्रो दिन बुधवार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् । राति –बिना नुन हालेको) खानेकुरा खाने चलन छ ।

No description available.

त्यस्तै तेस्रो दिन अर्थात् विहीवार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सो पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरी, पेरुकिया र फालफूल तथा मुला, गाजर, बेसारको गाँहो, ज्यामिर, नरिवल, सुन्तला, केरालगायत सामग्री नाङ्गलो र ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयनजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

No description available.

त्यस्तै चोथो दिन यर्थात भोली शुक्रवार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोराई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् ।
यो पर्व पुरुष र महिला समान रूप से मान्ने गर्छ तर अत्यधिक व्रत गर्नेमा महिलाको संख्या अत्यधिक हुन्छ । केही वर्ष पहले सम्म मुख्य रूपमा नेपालको मिथिलाञ्चलमा क्षेत्रमा मनाउने गरथियो अहिले देशभरी मनाउने गरेका छन् ।

No description available.

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६