सुखीपुरमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश

  • प्रकाशित मितिः बैशाख 2, 2079
  • मधेश स्पेशल
  • 684 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) । विभिन्न पार्टी परित्याग गरी सिरहाको सुखीपुर नगरपालिकामा ३ दर्जन भन्दा बढी जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

 

जसपा, बैध समुह र कांग्रेस पार्टी परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।


सुखीपुर नगरपालिकामा सबै तर्फबाट नेकपा एमाले मजबुत रहेकोले यस स्थानीय तहमा अझै सशक्त बनाउँन आफ्नों पहल हुँने प्रवेशीहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

 

सुखीपुर नगरपालिकाको वडा नम्बर ८ र ५ मा नेपाली काँग्रेस र जसपा पार्टी छाडेर आउँनेलार्ई  नेकपा एमालेका मधेस प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले अबिर लगाएर पार्टीमा प्रवेश गराएका नेकपा एमालेका सुखीपुर नगर सचिव विन्दे यादवले जानकारी गराउनुभयो ।

May be an image of 11 people, people standing and outdoors

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका मधेस प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले सुखीपुरमा मात्रै होईन प्रदेशभरी एमालेलाई एक्कलै ठक्कर दिने कुनै पार्टी नरहेकोले जनताको पार्टी नेकपा एमाले नै रहेको बताउनुभयो ।

No description available.No description available.

उनले यस सुखीपुर जस्तै देशभरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन : नेतृत्वमा आउँने बताउनुभयो ।

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६