सुखीपुर (सिरहा) / तराईमा आज जुड शितल अर्थात सिरुवा पर्व मनाइँदैछ ।
वैशाख १ गते चनाको पिठो अर्थात् सतुवा खाएर सतुवाइन् मनाई सकेपछि त्यही दिन बेलुका मधेशका आम मानिसहरूले आ आफ्नो घरको कुल देउता भएको कोठामा पवित्र जल र प्रसाद , फूल राख्ने गर्दछ ।
आज वैशाख २ गते बिहान उक्त जललाई पुजाकोठबाट बाहिर निकाली जेष्ठ परिवारका सदस्यबाट परिवारका र गाउँका अन्यलाई टाउकोमा पानी राखेर सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै मान्यजनबाट टाउकोमा शितल जल राख्दा वर्षभरि दुःख कष्ट नआउने बिश्वास गरिन्छ ।
यस दिन तराईका पूर्वी जिल्लाहरूमा बिहानै हिलो छापने चलन पनि रहेको छ । कोसी अञ्चलका जिल्लाहरूमा सिरुवा पर्वको रूपमा प्रख्यात यो पर्वलाई जनकपुरतिर जुड शितल भनिन्छ । यस पर्वमा मान्य जनबाट आशीर्वाद दिने आजभोली देशविदेशमा अधिकांश घरको सदस्यहरू रहने भएकाले उनीहरूलाई फोनमार्फत दिर्घायुको आशीर्वाद दिने चलन रहेको छ ।
यस दिन सधैं खाना पकाउँदै आएको चुल्होलाई सफा सुग्घर र लिप पोत गरी निष्ठापूर्वक पकवानसहितको खाना तयार गरिन्छ । खाना तयार भइसकेपछि पहिले चुल्होको अर्थात विष्णुको पूजा गरिन्छ त्यसपछि मान्यजन , आफन्त , बाटो हिंड्ने जो सुकैलाई खाना खाने र खुवाउने चलन रहेको छ ।
आज दिनभरी यूवा युवती नाचगानमा सहभागी हुने जस्ता परम्परागत चलनलाई निरन्तरता दिइएको अवस्थामा आज भने मांशाहारी भोजन खाने चलन छैन । स्मरण रहोस् बिहान खेतवारी रुख विरुवामा पनि पानी राख्ने चलन पनि छ ।
आज पतारी पोखरी सन्तान मांगनेहरुको भिड
सिरहाको लक्ष्मीपुर गाउँपालिका स्थित पतारी पोखरीमा विहानै देखि निःसन्तान दम्पतीको घुइँचो लागेको छ । सन्तान प्राप्त गर्न नसकेका विवाहित महिलाहरू सन्तान प्राप्तिको आसमा पोखरीमा डुबुल्की मार्न पुगेका हुन् ।
प्रत्येक वर्ष वैशाख २ गते पोखरीको डिलमा मेला लाग्छ । पूर्व–पश्चिम राजमार्गको धनगढी बजारबाट करिब १० किलोकमिटर दक्षिणमा पर्ने लक्ष्मीपुर गाउँपालिका ३ स्थित सो पोखरीमा नुहाउँदा निःसन्तान महिला गर्भवती हुने जनविश्वास छ ।
सो पोखरीमा नेपालका विभिन्न जिल्लासहित भारत विहारको पटना, मधुवनी, दरभंगा, जयनगरलगायत स्थानबाट निसन्तान दम्पती आउने गर्छन् । पोखरी करिब १० बिघा क्षेत्रफलमा फैलिएको छ ।
पोखरीको दक्षिणी किनारमा अवस्थित मन्दिर (गहवर)को पूर्वी ढोकामा अघिल्लो दिन साँझदेखि निरन्तर निराहार बस्ने प्रचलन छ । वैशाख २ गते बेलुका मन्दिरमा हुने विशेष आराधनाको अक्षता लिएर पोखरीमा हाम फाल्नुपर्ने मान्यता रहेको छ ।
त्यसरी हाम फालेपछि पोखरीमा पहिलो डुबुल्कीमै पानीभित्र कुनै पनि जीव भेटिए सन्तान हुने जनविश्वास छ । घर पुगेपछि पानीबाट ल्याएको जीवलाई जन्तर बनाएर महिलाले आफ्नो पाखुरा या घाँटीमा मालाको रूपमा लगाउने प्रचलन छ ।
यो पोखरी वि. सं. १३२५ तिरदेखि अस्तित्वमा रहेको मानिन्छ । लोकनायक सलहेश गाथामा यो पोखरी पकडियाका राजा कुलेसरका कान्छा भाइ हरिसिंह देवको निवास नजिक रहेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६