गठबन्धन सहज छैन, कांग्रेससँगै पनि प्रतिस्पर्धा हुनसक्छ : प्रचण्ड नेकपा एस, जसपालाई लक्षित गर्दै प्रचण्डले ‘अन्य दल’ ले आफ्नो हैसियतभन्दा माथि शक्ति रहेको दाबी गरेकाले तालमेलको विषय कठिन भएको

  • प्रकाशित मितिः बैशाख 2, 2079
  • मधेश स्पेशल
  • 352 पटक पढिएको

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा बसेको छ ।

 

केन्द्रीय कार्यालयको विस्तारित सो बैठकमा उपलब्ध पूर्वस्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरू उपस्थित थिए ।


बैठकमा अध्यक्ष प्रचण्डले तालमेलको विषय निकै पेचिलो र असहज रहेको स्वीकार गरेका छन् । स्रोतकाअनुसार सकेसम्म सबै ठाउँमा कांग्रेससँग बार्गेनिङ गरेर तालमेलको प्रयास भइरहेको प्रचण्डले ब्रिफिङ गरेका छन् ।

 

नेकपा एस, जसपालाई लक्षित गर्दै प्रचण्डले ‘अन्य दल’ ले आफ्नो हैसियतभन्दा माथि शक्ति रहेको दाबी गरेकाले तालमेलको विषय कठिन भएको बबताएका छन् ।

 

‘अध्यक्ष कमरेडले सकेसम्म बार्गेनिङ गरेर तालमेल गर्ने । सहमति नभएको अवस्थामा कांग्रेससँग स्वस्थ प्रतिस्पर्धा गर्न सकिने उहाँले बताउँनुभएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘केही स्थानमा गठबन्धनका अन्य दल मिलेर पनि प्रतिस्पर्धा गर्न सकिने उहाँको धारणा रह्यो । सोहीअनुसार छलफल भयो ।’ स्रोत- नेपाल प्रेस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका ५ बजे सकिँदै

काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद

सुखीपुरमा एक दिने निःशुल्क आखाँ शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६