स्थानीय तहमा गठबन्धन दलबीच प्रतिस्पर्धा हुँदा पनि केन्द्रबाट हस्तक्षेप हुँदैन : काँग्रेस

  • प्रकाशित मितिः बैशाख ३, २०७९
  • मधेश स्पेशल
  • 579 पटक पढिएको

काठमाडौं  । नेपाली काँग्रेसले आगामी स्थानीय तह चुनावमा गठबन्धन गरेर अघि बढ्दा पार्टीको तल्लो तहमा केन्द्रले हस्तक्षेप नगर्ने प्रस्ट पारेको छ । शनिवार भएको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भइरहेका बेला पार्टीका प्रवक्ता डा।प्रकाश शरण महतले महानगरपालिका र उपमहानगरमा गठबन्धन गर्ने र उम्मेदवार छान्ने बाहेक तल्लो तहमा केन्द्रको हस्तक्षेप नहुने बताएका हुन् । 

 

पत्रकारहरूसँग महतले भने–‘कहाँ गठबन्धन गर्न सकिन्छ, कहाँ सकिँदैन, कहाँ कसरी जान सकिन्छ वडाध्यक्षदेखि नगरसम्मको अध्यक्ष उपाध्यक्षको सिटमा कसरी जान सकिन्छ त्यो तल्लो तहमा नै टुङ्गो लगाउनुहुन्छ । महानगरपालिका र उपमहानगरपालिका बाहेक तलका अरू तहमा जहाँ अन्य तहहरूलाई छलफल गर्न जिम्मेवारी दिइएको छ । त्यहीबाट टुङ्गो लाग्छ । केन्द्रबाट यसो गर उसो गर भनेर निर्देशन जाँदैन ।’ 

 

उनले केन्द्रीय समितिको निर्णय अनुसार स्थानीय वस्तुस्थिति र आवश्यकता अनुसार तालमेल गर्ने निर्णय अनुसार कहाँ कुन दलको कस्तो स्थिति छ, जनाधार के छ त्यसकै आधारमा तालमेल गर्नुपर्ने बताए । महतले भने–‘कुनै तहमा तालमेल मिलेन त्यहाँ हाम्रै दल शक्तिशाली छ भने गठबन्धन बिना नै प्रतिस्पर्धापनि हुनसक्छ । तर हाम्रो गठबन्धनसँग कुरा मिलेन भनेर एमालेसँग गठबन्धन गर्न चाहिँ जाँदैनौँ । त्यही सहमति नै शीर्ष तहमा भएको हो । त्यही मूल मर्म र भावना अनुसार स्थानीय तहमा रहेका साथीहरूले पनि त्यही जिम्मेवारी निर्वाह गर्नुहोला । हुनेसम्म समझदारी तालमेल गर्नुहोला । कथम् कदाचित् भएन भने त्यसको रिपोर्ट पनि गर्नुहोला । त्यहाँ कसरी जाने त्यसबारे केन्द्रलाई सल्लाह सुझाव पनि दिनुहोला ।’ 

 

उनले वैशाख ३ गतेसम्मका लागि तालमेल गर्न समय दिएपछि भोलिका दिनमा पनि सहमति गर्न सकिने बताए । महतले गठबन्धनमा तिक्तता हुने गरी एक अर्कामा अविश्वास पैदा हुने गरी मिडियामा वा बाहिर गठबन्धन विरुद्ध नबोल्न पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरे । उनले गठबन्धन दलको बैठकमा मात्र आफ्ना कुराहरू राख्न आग्रह गरे । - रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६