विभिन्न पार्टी परित्याग गरी ४० जना नेकपा एमालेमा प्रवेश

  • प्रकाशित मितिः बैशाख 6, 2079
  • रोयाण्टर मण्डल
  • 567 पटक पढिएको


सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ८ पुनः सामूहिक रुपमा एमाले प्रवेश गरेका छन् ।


नेकपा एमालेका वडा समितिको सोमवार आयोजित कार्यक्रममा सुखीपुर नगरपालिका वडा नम्बर ८ महदेवामा विभिन्न पार्टी परित्याग गरी ४० जना नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले वडा नम्बर ८ का युवा नेता पप्पु गुप्ताले जानकारी दिनुभयो ।


नेकपा एमालेका मधेस प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले अबिर लगाएर पार्टीमा प्रवेश गराएका छन् ।


यादवले नव प्रवेशीहरुलाई स्वागत गर्दै एक स्वर पार्टीको नारा लगाउदै सबैलाई पार्टीको लागि वफादार बनी आउने चुनावमा आफनो पार्टी विजय गराउन चुनावी अभियानमा लागन आग्रह समेत गर्नुभयो ।

 

प्रवेश कार्यक्रममा सुखीपुर नगरपालिकाका उप मेयर रेणु देवी साह, जिल्ला सदस्य राम किसुन यादव, सुखीपुर नगरपालिकाका वडा सदस्य महेश साह , युवा नेता पप्पु गुप्ता र प्रकाश गिरी लगायतको नेताहरुको उपस्थिती रहेको थियो ।

No description available.

No description available.No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका ५ बजे सकिँदै

काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद

सुखीपुरमा एक दिने निःशुल्क आखाँ शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६