​उद्योगीद्वारा जोगवनी–किमाथांका सडक अवलोकन

  • प्रकाशित मितिः पुष १३, २०७४
  • मधेश स्पेशल
  • 864 पटक पढिएको

१३, पुष २०७४ / इटहरी: मोरङका उद्योगीहरुको टोलीले जोगवनी–किमाथांका सडक तथा अरुण जलविद्युत परियोजना निर्माणको स्थलगत अवलोकन गरेको छ । उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले जोगवनी–किमाथांका सडक तथा अरुण जलविद्युत परियोजना निर्माणको स्थलगत अवलोकन गरेको हो ।
प्रतिनिधिमण्डलले स्थलगत अवलोकनको क्रममा अरुण तेश्रो जलविद्युत परियोजना निर्माणको जिम्मा पाएको भारतीय सरकारी कम्पनी सतलजका परियोजना प्रमुखसँग परियोजना निर्माणको अवस्थाको बारेमा छलफल गरेको छ ।

बिराटनगरलाई राजधानी बनाउनु पर्ने विषय उठिरहेका बेला टोलीले जोगवनीदेखि किमाथांकासम्मको सडक सञ्जालको अवस्थाको बारेमा जानकारी लिनुको साथै जलविद्युत परियोजनाको बारेमा समेत जानकारी लिएको हो । ५ वर्ष भित्र परियोजना निर्माण कार्यलाई सम्पन्न गर्न द्रुत गतिमा काम भइरहेको र त्यसका लागि परियोजनाले हाई ड्याम निर्माणका लागि ठेक्का लगाई सकेको ड्याम निर्माण स्थलसम्म पुग्न सडकको ट्रयाक खोल्ने काम भइरहेकोले १ नम्बर प्रदेशको लागि एउटा समृद्धिको दरिलो आधार बन्दै गएको अध्यक्ष उपाध्यायले जानकारी दिए ।

विराटनगर–किमाथांका सडक निर्माणको स्थलगत अवलोकनको क्रममा खाँदवारीदेखि किमाथांका सम्मको १६२ कि.मि मा खाँदवारीदेखि ८० कि.मि र किमाथांकादेखि १४ कि.मि. सम्मको ट्रयाक खोलिसकिएको सडक निर्माण कम्पनीलाई उधृत गर्दै उद्योग संगठनले जनाएको छ । बाँकी रहेको ६८ किलोमिटरको ट्रयाक खोल्ने कामलाई छिटो सम्पन्न गर्न ट्रयाक खोल्न सिमांकन गरिएको भागबाट खण्ड खण्डमा ट्रयाक खोल्ने काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६