ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

  • प्रकाशित मितिः जेठ 19, 2079
  • मधेश स्पेशल
  • 551 पटक पढिएको

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनारभित्र फेला परेको छ। श्रीमतिको औषधी लिन मंगलबार अहपरान्ह घरबाट निस्केका ४८ बर्षीय साहको शब आज विहान गाउँकै इनारभित्र फेला परेको हो।

 

औषधी लिएर तुरुन्तै फर्कि हाल्छु भन्दै साइकलमा गएका उनी राती अबेलासम्म पनि नफर्किएपछि खोजतलाश गरीएपनि आज विहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उहाँको शब फेला परेको प्रहरीले जनाएको छ।

 

शब इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीेले जानकारी दिए। घटना बारे थप अनुसन्धान भईरहेको उनले जनाए ।

 

यता मृतकका श्रीमती शिवोदेवी साहले रिसीईबीका कारण हत्या बताएका । उनले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा मारिदिने धम्की दिएको बताए ।

 

साह एक महिना अधिमात्र वैदेशिक रोजगरीबाट घर आएका थिए। गाउँमा आरसीसी ढलान गर्ने विषयमा उनीसंग स्थानीयको विवादभएको बताएको छ। (गामक पोष्टबाट)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६