नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

  • प्रकाशित मितिः पुष 14, 2079
  • रोयाण्टर मण्डल 
  • 101 पटक पढिएको

रोयाण्टर मण्डल
लहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवलाई पृत शोक परेको छ ।


यादवको पिता मंगल यादव सुखीपुर नगरपालिका वडा नम्बर १ स्थित आफनै जन्मभुमी मोहनपुर कमलपुरमा प्राण त्याग गर्नुभयो ।


स्वर्गीय मंगल यादवलाई स्वास्थ्य अवस्था विग्रेपछि ५ दिन देखि विराट अस्पताल विराटनगरमा उपचार भए रहेको थियो तर वहाँको ईच्छा आफनै जन्मभूमीमा देह त्याग गर्ने वचन दिनुभएकोले वहाँको अवस्था एकदमै विग्रेको डाक्टरले जानकारी गराएपछि परिवारजनले वहाँको वचन पुरा गर्न वहाँलाई आफनै जन्मभुमी मोहनपुर कमलपुरमा विहीवार विहान ९ बजे घर ल्याएको थियो । घर ल्याएपछि वहाँले आज बेलुका ३ बजेर ४० मा देह त्याग गरेको सुखीपुर नगरपालिकाका नेकपा एमालेका नगर सचिव विन्दे यादवले जानकारी गराउनुभयो ।

May be an image of one or more people
भोली शुक्रवार विहान ८ बजे मोहनपुर कलपुरको वहाँको आफनै जग्गामा दाह संस्कार गर्ने कार्याक्रम रहेको छ । वहाँ ८१ वर्ष हुनुहुन्थ्यो ।

May be an image of 2 people, people sitting, people standing, tree and outdoors

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका ५ बजे सकिँदै

काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद

सुखीपुरमा एक दिने निःशुल्क आखाँ शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६