नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

  • प्रकाशित मितिः फाल्गुन 30, 2079
  • मधेश स्पेशल
  • 221 पटक पढिएको

रोयाण्टर मण्डल

सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमवार उद्घाटन भएको छ । 

गाउँका अगुवा कृषकको घर घरमा पुगी गाउँपालिकाका कृषि प्राविधिकले सम्बन्धि सेवा तथा कार्यक्रमका बारेमा जानकारी गराउने कार्यक्रमको शुरुवात गर्न लागेको छ ।

 

कृषि शाखाको प्राविधिक सहयोगमा गापाले कार्यक्रमको आयोजना गरेको नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादवले बताउनुभयो ।

 

वहाँले ‘कृषकसंग प्राविधिक कार्यक्रम’ले कृषकहरुलाई जैविक विषादी तथा झोल मल बनाउने तरिका, पशुहरु लागने रोगको पहिचान लगायतको ज्ञान अब गापाभरीका सबै किसानले घरमै सेवा सुविधा पाउने बताउनुभयो ।

 

कृषकहरुले खाद्य उत्पादनमा प्रयोग गर्ने रासायनिक मलको कमि ल्याउन र विषादी रहित खाद्य उत्पादन गरी नागरिकलाई स्वस्थकर अर्गानिक खानामा आत्म निर्भर बनाउनको लागि गाउँ कार्यपालिकाले यो कार्यक्रम ल्याएको हो ।

 

कार्यक्रमले आफ्नै घर, खेतबारी तथा वन जङ्गलमा पाइने तितो, पिरो, अमिलो वनस्पती टुक्रा पारी गोवर, गहुँत, साबुन, खरानी र पानीमा मिश्रण गरी जैविक विषादी बनाउन, झोल मल बनाई प्राङगारिक मल र जैविक विषादीको रुपमा प्रयोग गर्न कृषकहरुलाई घर घरमै प्रशिक्षण दिइने नवराजपुर गाउँपालिकाका प्रमुख प्रशाासकीय अधिकृत राज किशोर साहले जानकारी गराउनुभयो ।

 

जान्न, सिक्न खोज्ने कृषक हरुलाई यो कार्यक्रम निक्कै फलदायी हुने भएकोे नियमित रुपमा संचालन हुने छ । ‘यस्ता रचनात्मक कार्यक्रमले किसानले आयआर्जन वृद्धी गर्न सक्ने छन् नवराजपुर गाउँपालिकाका कृषि शाखा प्रमुख हरि नारयाण यादव जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६