रोयाण्टर मण्डल
सिरहा / सिरहाको सुखीपुर नगरपालिकाले छठौं स्थापना दिवसको अवसरमा दिप प्रजवलन कार्यक्रम आयोजना गरि मनाइएको छ ।
आज चैत २८ गते पालिका स्थापना दिवसको अवसरमा तत्काली सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिको आयोजनामा सुखीपुरमा र मधेश स्पेशल पत्रिका परिवारको आयोजनामा लहानमा दिप प्रजवलन कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो ।
सुखीपुर नगरपालिकालाई तत्कालिन नेपाल सरकारले गाउँपालिका बनाएपछि नगरपालिकामै कायम गराउन माग गर्दै सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिको आह्वानमा तत्कालिन सुखीपुर गाउँपालिका कार्यालयको मुख्यद्वारमा विपी भुवन यादवको संयोजनमा हरेराम यादव, रामकिसुन यादव, रामभरोस साह, विन्देश्वर पञ्जियार र रामकुमार यादव अनिश्चितकालीन आमरण अनशनमा बसेपछि तत्कालिन सरकारले आजैको मितिमा मन्त्री परिषदको बैठकबाट पुनः नगरपालिकामा कायम गर्ने निर्णय गरेपछि आजैको दिन सुखीपुर नगरपालिकाको स्थापना दिवसको रुपमा मनाउदै आएका छन् ।
सुखीपुर नगरपालिका धेरै दुःख , कष्ट र सर्घषको बाबजुद सुखीपुर गाउँ पालिकावासीबाट सुखीपुर नगरवासीको भएको दिन पनि भएको नगरवासीको खुशीको दिन भएको विपी भुवन यादवले भन्नुभयो ।
https://youtube.com/shorts/jYCC9uSKoOI?feature=share
वि.सं.२०७२ असोज १ गते तत्कालीन सुखीपुर गाविसमा छिमेकी मोहनपुर कमलपुर, कविलासी, विद्यानगर, लर्कनहा, बलही र सिलोर्वा पछवाडीलाई गाभेर सुखीपुर नगरपालिका घोषणा गरिएको करिब १७ महिनापछि गत फागुन २७ गते स्थानीय तहको पुनःसंरचनामा गाउँपालिका बनाइएपछि संघर्ष समितिले चरणबद्ध आन्दोलनले वि.सं.२०७२ चैत २८ गते सरकारले पुनः नगरपालिकामा परिणत गरेको निर्णय गरेको थियो सोही दिनको अवसरमा प्रत्येक वर्ष स्थापना दिवस मनाउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६