लहान । सिरहामा अबस्थित रहेको ऐतिहासिक स्थल राजा सल्हेसको मन्दिरमा प्रत्येक नयाँ वर्षमा लाग्ने मेला जस्तै यसवर्षको मेलामा पनि नेपालका विभिन्न जिल्ला र भारतीय श्रद्धालु दर्शनार्थीहरुको भिड लागेको छ ।
पूर्वपश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालिका अन्र्गत पर्ने पडरीयामा रहेको सल्हेस फूलबारीमा मेला भर्नका लागि दर्शनार्थीहरुको भिड लागेका छन् । आज विहानैबाट सिरहाको साथै सप्तरी, धनुषा, उदयपुर त्यस्तै सिमाबर्तीक लगायतका दर्शनार्थीहरुको भिड लागेका छन् ।
दलित जाति मध्ये एक मात्र राजा भएका सल्हेसको इतिहास झल्किने सिरहाका विभिन्न ऐतिहासिक स्थलहरुमा परापूर्वकलादेखि राजा सल्हेसको सम्झनामा पूजा गर्न भक्तजनहरु आउने गरेको स्थानीय बृद्धहरुको भनाइ छ । उहाँका सम्झनामा सिरहाको पकरियागढ, लहान नगरपालिका गोविन्दपुर स्थित मानिकदह, सिसबनी स्थित सल्हेस पूmलबारी, पतारी स्थित पताइर पोखरी र सिरहा नगरपालिका स्थित राजा सल्हेसको मन्दिरमा मेला लाग्ने गर्छ । पकडियागढ, मानिकदह, सल्हेस पूmलबारीमा बैसाख १ गते र पताइर पोखरी र सल्हेस मन्दिरमा बैसाख २ गते तराइमा मनाइने जुडसितल पर्वका दिन मेला लागने गर्दछ ।
राजा सल्हेसले आपूm भन्दा उप्पलो जातका केटी तत्कालिन मोरंगका राजा हिनपैत मालीकी छोरी दानाबती मालीसंग विवाह गर्न पटक पटक अस्विकार गरेपछि दानाबतीले राजा सल्हेसको सम्झनामा बीना पानीकै लगाएको बगैचा अहिले सल्हेस पूmलबारीको नामबाट प्रचलित रहेको किंबदन्ती छ । सो बगैचामा रहेको सालको रुखमा प्रत्येक बर्ष बैसाख १ गते पूmलको माला नै पूmल छन् । उक्त पूmल नै सल्हेस पूmलबारी मेलाको प्रमुख आकर्षण बनेको हुन्छ । अन्ततोगत्वा राजा सल्हेसले दानाबतीसंग विवाह गरेपछि तराईमा अन्तरजातीय विवाह शुरु भएको किंबदन्ती रहेको छ ।
राजा सल्हेसले आपूm भन्दा गरीब र मुसहर जातका दिनाराम र भद्रीसंग मित्रता गरेदेखि विपन्नसंग मित्रता गर्ने समेत परम्परा बसेको किंबदन्ति रहेको छ । त्यस्तै, पकरियागढका राजा कुल्हेस्वर सिंहकी छोरी चन्द्राबतीले पनि राजा सल्हेससंग विवाह गर्न जालझेल रचेर आप्mनो बुवामा नौकर भई काम गर्न राजा सल्हेसलाई बाध्य बनाएको र सोही क्रममा चोहरमल नाम गरेका चोरले गंगा नदीदेखि नै सुरु¨ खन्दै राजा कुल्हेस्वर सिंहको घरमा चोरी गरेको किंबदन्ती रहेको छ । चोहरमलले खनेको सुरु¨को भग्नावशेष हालसम्म रहेकोले पकरियागढ मेलाको सो शुरु¨ प्रमुख आकर्षण बनेको हुन्छ ।
यस्तै, मानिकदहमा राजा सल्हेसले स्नान गर्ने गरेको अहिले सो दहमा स्नान गरेपछि जिउमा लागेको छाला सम्बन्धी रोग निको हुने जनविस्वास रहेको छ । यस्तै, पताइर पोखरीमा मेलाका दिन बाँझो महिलाले पोखरीमा पहिलो डुबुल्की लगाएपछि कुनै जीव हातमा आए छोराछोरी पाउने र निर्जिव बस्तु हातमा आए छोराछोरी नपाउने जनविस्वास रहेको छ । यस्तै, सिरहा नगरपालिका स्थित सल्हेस मन्दिर राजा सल्हेसको कुल देउताको रहेकोले पासवान जातीका ब्यक्तिहरु र तत्कालिन राजा सल्हेसको कुल देउता भएपछि आम जनताको देउता भएको भन्दै भारतको दरभंगासम्मका र नेपालका विभिन्न तराईका जिल्लाका श्रद्धालुहरु पूजा गर्न आउने गरेको बृद्धहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६