लहानमा बहुभाषिक साहित्य गोष्ठी सम्पन्न , दर्दिलाको ‘दरद’ लोकार्पण

  • प्रकाशित मितिः बैशाख 14, 2080
  • मधेश स्पेशल
  • 97 पटक पढिएको

मनिषा कुमारी मण्डल
लहान (सिरहा) /  अन्तराष्ट्रिय पुस्तक दिवसको अवसरमा सिरहाको लहानमा बहुभाषिक साहित्य गोष्ठी तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।


सबै मातृ भाषाभाषीको संरक्षण र सम्बर्द्धनमा टेवा पु¥याउनका लागि लहान नगरपालिकाको आयोजना र मातृभाषा साहित्य कला संरक्षण केन्द्र, नेपालको समन्वयमा बहुभाषिक साहित्य गोष्ठी तथा मधेश प्रज्ञा प्रतिष्ठानक अध्यक्ष राम भरोस कापडिको प्रमुख आतिथ्य मैथिली साहित्यकार अर्जुन प्रसाद गुप्ता (दर्दिला) द्वारा लिखित ‘दरद’ नामक पुस्तकको लोकार्पण भयो ।


लहान नगरपालिकाको सभाहलमा आईतवार आयोजना गरिएको बहुभाषिक साहित्य गोष्ठीमा विभिन्न भाषाभाषीका स्रष्टाले आआफ्नो कविता वाचन गर्दै एक आपसमा सुन्ने र सुनाउने कार्य गरेका थिए ।
बहुभाषिक कविता गोष्ठीमा विभिन्न भाषाका एक दर्जन भन्दा बढीा कविता तथा गीत वाचन गरिएको आयोजकले जनाएको छ ।


बहुभाषिक साहित्य गोष्ठीमा साहित्यकार एस. पी. सिन्गल, कवियत्री पूनम झा ‘मैथिली, सतीश दत्त , रोयाण्टर मण्डल, देवेन्द्र मिश्र लगायतका भाषाका साहित्य स्रष्टाले कविता वाचन गर्दै सुनाएको मातृभाषा साहित्य कला संरक्षण केन्द्र, नेपालका संयोजक अर्जुन गुप्ता (दर्दिला) ले बताउनुभयो ।

No description available.
‘लोपोन्मुख बन्दै गएको मातृ भाषा संरक्षण अभियान अव साहित्यका माध्यमबाट सफल बनाउन सम्भव छ,’ गुप्ताले भने, ‘साहित्यको विकास पनि हुन्छ, भाषाको प्रवर्द्धन पनि हुन्छ । यसका कारण बहुभाषिक साहित्य गोष्ठी आयोजना गरिएको हो ।’


कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानक अध्यक्ष राम भरोस कापडिको प्रमुख आतिथ्यमा तथा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६