सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

  • प्रकाशित मितिः बैशाख 28, 2080
  • मधेश स्पेशल
  • 149 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग्री सहयोग गरिएको छ ।

 

सुखीपुर नगरपालिका नगर प्रमुख तथा नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष राम औतार यादवले आगलागी पिडित परिवारलाई खाना पकाउने भाडाकुडा र सुखीपुर नगरपालिका वडा नम्बर १० वडा अध्यक्ष तथा नेकपा एमालेका नगर अध्यक्ष देव नारायण यादवले चामल, दाल, तेल लगायत खाद्य सामाग्रि भाडाकुडा, खाना पकाउने र साबुन मास्क तेल सहयोग गरिएको हो ।

 

समस्या परेको बेला सहयोग पाउदा ठुलो सहयोग भएको पिडित राम उदगार यादवले बताउनुभयो ।

 

नगर प्रमुख यादवले आगलागीबाट घरबार बिहिन भएपछि तत्कालका लागि हामीहरु राहत सहयोग गरे पछि नगरपालिका र अभियान अन्तर्गत सहयोग गर्ने बतानुभयो ।

 

बुधवार साँझ सुखीपुर नगरपालिका वडा नम्बर ३ कुशहामा आगलागी हुदाँ ५० लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ । घरको विद्युत सट हुदाँ आगो लागेर करेन्ट लागने डरले आगो नियन्त्रण समस्या तथा नजिकमा वारुण यन्त्र नहुदाँ ठूलोरुप लिएको प्रहरीले जनाएको छ ।

 

आगो नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको आगो नियन्त्रणमा जुटेका स्थानियले बताएका हुन् । आगलागि बाट घरबारबिहिन भएका परिवार बिच्चलीमा परेका छन् । घर मात्र नभई घरमा भएको सबै सम्पत्ति जलेर खरानि भएपछि बिच्चलीमा रहेको स्थानिय नेकपा एमालेका नगर सचिव विन्दे यादवले जानकारी गराउनुभयो ।

May be an image of 3 people, fire, fog and grass

शरिरमा लगाएका लुगा बाहेक सबै जलेर खरानि भएका छन्, कहाँ बस्ने के खाने चिन्ता भएको अग्नि पिडित तथा नेकपा एमाले पार्टीको वडा कमिटी अध्यक्ष राम उदगार यादवले बताउनुभयो ।


सुखीपुर नगरपालिकामा वारुण यन्त्र नहुदाँ आगो नियन्त्रणमा समस्या हुने गरेकोले वारुण यन्त्र एकदमै आवश्यकता रहेको छ । एक्लो ब्यवस्थापनमा समस्या भए सुखीपुर नगरपालिका , बरियारपट्टी गाउँपालिका र औरही गाउँपालिका सयुक्त लगानीमा खरिदगरी ब्यवस्थापन गर्नुपर्ने स्थानीयहरुको मांग रहेको छ ।

May be an image of scooter and text

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सिरहाको सुखीपुरमा आगलागी हुदा लाखौको क्षती

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढीरहेको समयममा सिरहाको एक घरमा विद्युत सर्टबाट आगलागी हु�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६