अस्ताउँदोे सूर्यलाई अघ्र्य दिन छठ पर्व धुमधामका साथ मनाईयोे

  • प्रकाशित मितिः मंसिर ३, २०८०
  • मधेश स्पेशल
  • 103 पटक पढिएको

रोयाण्टर मण्डल 
सुखीपुर (सिरहा) / मिथिलाञ्चलको महान पर्व छठको आज मुख्य दिन अस्ताउँदो  सुर्य भगवानलाई अघ्र्य दिई  सिरहाको सुखीपुरधाम लगायत देशभर धुमधामका साथ छठ पर्व मनाईएको छ । 
 
छठको तेस्रो यर्थात आज आईतवार मुख्य दिन अस्ताउँदै गरेको षष्ठी माता तथा अस्ताउँदो सुर्यलाई अघ्र्य दिई मिथिलान्चल बासीले छठ पर्व मनाउन विहानै देखी मिथिलाञ्चलवासीहरु पोखरी,तालतलैया र जलासयलाई सिङ्गारि नै गरेको हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको अर्घ दिने गरिन्छ ।
No description available.
सिरहाको सुखीपुर स्थितका रामजानकी मन्दिर पोखरी, गागैन खोला तथा बाबुराम खोला लगायतका मिथिलाभरका पोखरीमा हजारौको संख्यामा सामुहिक रुपमै अस्ताउँदो सुर्यलाई घरमा बनाई राखेको विभिन्न प्रकारका फलफूल तथा गहुँको पिठोले बनाईएको सामग्रीको षष्ठी माता तथा सुर्य अस्ताउँदो सुर्य देवतालाई अघ्र्य दिईएको हो ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । 
 
पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसर नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् ।  चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको पहिलो दिन व्रतीहरूले “नहाय खाय’’ अर्थात् नुहाएर खाने गर्दछन् । उनीहरूले जीउ पनि चोख्याउने काम गर्दछन् ।
 त्यस्तै पर्वको दोस्रो दिन खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् । राति –बिना नुन हालेको) खानेकुरा खाने चलन छ । 
 
त्यस्तै तेस्रो दिन अर्थात आज साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सो पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरी, पेरुकिया र फालफूल तथा मुला, गाजर, बेसारको गाँहो, ज्यामिर, नरिवल, सुन्तला, केरालगायत सामग्री नाङ्गलो र ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयनजिक बनाएको छठ घाटमा गई षष्ठी माता तथा अस्ताउदो सुर्यलाई अघ्र्य दिइएका छन् ।
त्यस्तै चोथो दिन यर्थात भोली सोमबार एकाबिहानै पुन ः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोराई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् ।

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६