अन्नपूर्ण गाउँपालिकाद्वारा आपत्कालीन कोष स्थापना

  • प्रकाशित मितिः पुष ६, २०७४
  • मधेश स्पेशल
  • 1199 पटक पढिएको

पुस ६, बाबियाचौर, म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि प्रत्येक वडामा कोष स्थापना गरेको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा मंगलबार पोखरेबगरमा बसेको गाउँ कार्यपालिकाको बैठकले प्रत्येक वडामा कोष स्थापनाका लागि रु एक–एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

आठवटै वडामा अप्ठ्यारोमा परेका गर्भवती, सुत्केरी महिला र गरिब विपन्नको उपचारमा सहयोग गर्नका लागि कोष स्थापना गर्न पहिलो चरणमा एक–एक लाख उपलब्ध गराउने निर्णय भएको गाउँ कार्यपालिकाका प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिए ।

कार्यविधि बनाएर कोषबाट सुत्केरी हुनका लागि स्वास्थ्य संस्था तथा अस्पताल पुग्न नसक्ने गरिब विपन्न वर्गका महिलालाई यातायात खर्चबापत सहयोग गरिने प्रवक्ता बरुवालले बताए । । बैठकले गाउँपालिकाका विभिन्न योजनाका लागि बजेटसमेत विनियोजन गरेको छ ।

हिस्तान—राम्चे सडक स्तरवृद्धिका लागि रु ५० लाख विनियोजन भएको छ । चित्रेदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक निर्माणका लागि रु १० लाख विनियोजन गरेको छ । उक्त योजनाका लागि ६ नं वडा कार्यालयले यसअघि रु पाँच लाख विनियोजन गरेको थियो ।

नारच्याङको बेँसी गाउँदेखि लेकगाउँ जोड्ने सडकको ट्रयाक खोल्न रु २० लाख विनियोजन भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनीमा सञ्चालन हुने छैटौँ म्याग्दी महोत्सवलाई रु दुई लाख विनियोजन गरेको गाउँपालिकाले पुस ८ गते भुरुङ तातोपानीमा आयोजना गरिएको निःशुल्क मुटुरोग शिविरका लागि रु एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रत्येक वडाका महिला र दलित समुदायको क्षमता तथा नेतृत्व विकाससँगै सशक्तीकरणका लागि चेतनामूलक कार्यक्रम गर्न रु दुई लाख ४० हजार विनियोजन गरेको छ । अपांगता परिचयपत्र वितरणका लागि पुस २१ र २२ गते गाउँपालिकाको केन्द्र पोखरेबगरमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

महिला तथा बालबालिका कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर शिविर सञ्चालनका लागि रु एक विनियोजन गरेको छ । हालसम्म अपांगता परिचयपत्र प्राप्त गर्न नसकेका गाउँपालिकाका सबै वडाका अपांगता भएका नागरिकलाई लक्षित गरेर शिविर सञ्चालन गरिने प्रवक्ता बरुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६