सुरक्षाकर्मीहरु बाट रक्तदान

  • प्रकाशित मितिः पुष १९, २०७४
  • विवेक विवश रेग्मी
  • 982 पटक पढिएको

पुष १९, २०७४ / इटहरीः स्थानिय जनता बहुमुखी क्याम्पसको युवा रेडक्रस सर्कलव्दारा मंगलवार अयोजित रक्तदानमा इटहरी स्थित तिनै सुरक्षा निकायका सुरक्षाकर्मीहरुले रक्तदान गरेका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव पूर्तिका लागि आयोजित रक्तदानमा १ सय ८५ पिन्ट रगत संकनल भएको छ । क्याम्पस प्राङ्गणमा भएको खुला रक्तदान कार्यक्रममा क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष विश्वप्रसाद रिजाल प्रमुख अतिथि थिए । उनले युवा रेडक्रस सर्कलले रक्तदान जस्ता कार्यक्रम संयोजन गरेर सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । क्याम्पस प्रमुख भोजराज श्रेष्ठ, रेडक्रस इटहरी उपसभापति विमल पौडेल, शिक्षक नायक मनोजकुमार चौधरीले युवा रेडक्रसको हौसला बढाएका थिए ।

रक्तदानमा सुरक्षा निकायका तिनै अंग नेपाली सेना, शसस्त्र प्रहरी र जनपद प्रहरीका इटहरी स्थित निकायबाट अधिकृत तहका साथै जवानहरुले रक्तदान गरेका थिए । रक्तदानमा क्याम्पसका बिद्यार्थी, प्राध्यापक, कर्मचारीहरु सहभागी रहेको युवा रेडक्रस सर्कल जनता बहुमुखी क्याम्पसका अध्यक्ष सहदेव काफ्लेले बताए । प्राथमिक उपचार देखि गम्भिर घाइते लगायतको जीवन बचाउन रगतका महत्वपूर्ण भूमिका रहने उनले बताए । उनले भने ‘चिसो मौसममा सुनसरी जिल्लामा मात्रै नभएर देशैभर रगतको अभाव हुने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ ।’ उनका अनुसार युवा रेडक्रसले सडकमा गएर यात्रुहरुलाई सडकको नियम समेत सकिउँदै आएको छ । आगामी दिनमा क्याम्पसमै बिद्यार्थी, शिक्षक र कर्मचारीका लागी प्राथमिक उपचार युवा रेडक्रसले गर्ने ब्यवस्था मिलाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६