इन्धन खपत १० वर्षमा ४ गुणाले बढ्यो, निगमको तथ्यांक सहित

  • प्रकाशित मितिः पुष 27, 2074
  • मधेश स्पेशल
  • 946 पटक पढिएको

पुस, २७ २०७४ / काठमाडौं: दस वर्षको अवधिमा इन्धनको खपत ४ गुणाले बढेको छ । बढ्दो सहरीकरण तथा खपतमुखी अर्थतन्त्रका कारण इन्धनको माग दैनिक बढ्दै गएको आयल निगमले जनाएको छ ।

निगमको तथ्यांकअनुसार आर्थिक वर्ष २०६४र६५ मा १ लाख ८ सय ४२ किलोलिटर पेट्रोल खपत भएको थियो । २०७३र७४ मा ४ लाख २ हजार २ सय ७८ किलोलिटर खपत भएको छ ।

डिजेलको खपत पनि ह्वात्तै बढेको छ । तथ्यांकअनुसार ३ लाख २ हजार ७ सय ६ किलोलिटर खपत भएको डिजेल २०७३र७४ मा बढेर १२ लाख ९७ हजार ६६ किलोलिटर पुगेको निगमले जनाएको छ । सवारी साधनको संख्या बर्सेनि थपिदैं गएकाले पनि इन्धनको खपत बढ्दै गएको हो ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार सवारी साधनको संख्या बर्सेनि एक लाखभन्दा बढीले थपिएका छन् । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६