तराईमा क्यान्सर रोगको विरामी बढ्दै गएकोप्रति विशेषज्ञहरुको चिन्ता

  • प्रकाशित मितिः पुष 29, 2074
  • मधेश स्पेशल
  • 1105 पटक पढिएको

पुष २९, २०७४ / जनकपुरधाम: सुर्तिजन्य पदार्थको अत्याधिक सेवनका कारण तराईका जिल्लाहरुमा क्यान्सर रोगका बिरामीहरुको संख्या दिनानुदिन बढदै गएको प्रति क्यान्सर रोग विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन ।

नेपाल क्यान्सर हस्पिटल र चलचित्र भोरले संयुक्त रुपमा शुक्रवार जनकपुरमा आयोजना गरेको जनचेतना मुलक अन्तरक्रिया कार्यक्रमका सहभागि बिशेषज्ञहरुले मुख, घाटी र फोक्सो क्यान्सरको मुख्य कारक पान, पान मसाला र सुर्तिजन्य पदार्थ सेवन नै रहेको बताए ।

नेपालमा पछिल्लो एक वर्षको तथ्याङकको आधारमा हेर्दा नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउन जाने मध्ये २५ प्रतिशत भन्दा बढी विरामी तराई मधेशको भएको नेपाल क्यान्सर हस्पिटल ललितपुर प्रमुख डा. सुदिप श्रेष्ठ बताए ।

उनले भने–“विशेषगरी घाँटी, मुख, पाठेघर, फोक्सोमा हुने क्यान्सर रोगबाट तराई मधेशका मानिसहरु बढी पिडित देखिएका छन् । सुर्तिजन्य पदार्थ, पान, गुटखा, खैनी, चुरोट, विडी जस्ता पदार्थको सेवनले बढी पिडित रहेको छ । र यसलाई कम गर्न सबैभन्दा बढी जनचेतनाको आवश्यकता छ ।” सुर्तिजन्य पर्दाथको सेवनसंगै महिलाहरुमा पाठेघरको क्यान्सर रोग लाग्ने गरेको कारक मध्ये बालविवाह समेत रहेको बिशेषज्ञहरुको भनाई छ । नेपाल क्यान्सर हस्पिटल ललितपुरका बिशेषज्ञ चिकित्सक डा. प्रभात ठाकुरले क्यान्सर वंशाणुगत गुणकै रुपमा सर्ने भएको हुँदा घरको कूनै एक मासिलाई क्यान्सरको लक्षण देखि अन्य व्यक्तिहरुले समेत समयमै त्यसको परिक्षण गराएर बच्न सकिन बताए। उनले भने–“खास गरी महिलाहरुमा हुने पाठेघरको क्यान्सरको मुख्य समस्या भनेको बालविवाह हो । भने, अर्को मुख्य कारण वंशाणुगत रुपमा एकपछि अर्को वंशमा आउने रोग पनि एक हो ।”

कार्यक्रममा सहभागि भएका जनकपुर उप–महानगरपालिकाका प्रमुख लालकिसोर साहले जनकपुरमा चाडै नै सुर्तिजन्य पदार्थ बिक्री बितरणमा रोक लगाईने प्रतिबद्धता व्यक्त गरे । बिशेषज्ञ चिकित्सकहरुले क्यान्सर रोगबाट डराउनु भन्दा समयमै उपचार गराएमा निको हुने भन्दै सहभागिहरुको स्वास्थ्य उपचार समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६