माघ ४, २०७४ / धरानः परम्परागत हुलाकको काम कार्वाही लाई इन्टरनेट प्रविधिमा लैजान कर्मचारीहरु लाई प्रशिक्षण दिनका लागि धरानमा बुधवार प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिएको छ । सुनसरी जिल्ला हुलाकमा भएको प्रशिक्षणमा पर्वका १६ जिल्ला स्थित जिल्ला हुलाकका कर्मचारीहरु लाई उक्त प्रशिक्षण दिइएको हो । हुलाकमा कार्यरक्त कर्मचारी लाई आईटी प्रबिधिबाट कार्य सम्पादन गर्नसक्ने बनाउन गोश्बारा हुलाक काठमाडौले प्रशिक्षक तालिम दिइएको बताइएको छ ।
तालिममा सुनसरी, मोरङ, झापा, भोजपुर, उदयपुर, ईलाम, ताप्लेजुङ, धनकुटा, सोलुखम्ुब, खोटाङ लगायतका ३० जना सहभागी थिए । तालिममा गोश्बारा हुलाक प्रमुख बेदप्रसाद भण्डारीले हुलाकको पछौट पनका कारण हुलाको गरिमा घटेकोमा चिन्त ब्यक्त गरे । उनले हुलाकलाई सेवाग्राहीले हेर्ने दृष्टिकोणमा परिवर्त ल्याउन आवश्यक भएको बताउ“दै पहिले नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको हुलाक हाल आएर सरकारी कार्यलयहरुको तुलनामा तल्लो स्तरको कार्यलयको रुपमा हेर्ने गरिएको बताए । उनले हुलाकमा अति आबश्यक तीन तत्व कलेक्सन, टा«न्सपोर्टेसन र बितरणलाई सहि रुपमा लैजान कर्मचारीलाई निर्दैशन दिए । भण्डारीले राष्ट्र रुपान्तरणका लागि अहिलेको प्रविधि अनुसार हुलाकको बिकास योजना अघि बढेको बताउ“दै भने ‘हुलाक सेवामा परिबर्तनको खा“चो छ त्यस्लाई टेक्नोजीले नै परिपुर्ति गर्दछ ।’
प्रशिक्षक आईटी ईन्जीनियर रमेश ज्ञवालीले प्रबिधिको प्रयोगबाट बेवसाईड मार्फत चिठी दर्ता कसरी गर्ने, डाक फा“टमा कसरी चिठी आदान प्रदान गर्ने, मातहतका कर्मचारीलाई चिठि सहि तरीकाले सेवाग्राहीको हातमा कसरी पु¥याउने, रोजनामा आयात निर्यात गर्ने तरिका, बिलिङ गर्ने तरिका लगायतका प्रशिक्षण दिएका थिए । अर्का ईन्जीनियर प्रबिन दुलालले प्रबिधि संगै अतिरिक्त सामाग्रीको प्रयोगको बारेमा जानकारी गराए । तालिममा जिल्ला हुलाकका नायब सुब्बा रमेश घिमिरको सापतित्वमा भएको समापनमा कार्यक्रममा गोश्वारा हुलाक प्रमुख भण्डारीले सहभागी लाई प्रमाणपत्र वितरण गरेका थिए । तालिममा बेवसाईड मार्र्फत आईटीको आधारभुत शिक्षा र नैतिक आचरणका बारेमा प्रशिक्षण दिइनुका साथै सहभागीहरुले शिक्षण अभ्यास पनि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६