​कम उमेरमै कपाल फुल्न थाल्यो ? यसो गर्नुहोस्

  • प्रकाशित मितिः माघ ८, २०७४
  • मधेश स्पेशल
  • 1175 पटक पढिएको

माघ ८, २०७४ / काठमाडौं: बुढ्यौली लाग्दै गएपछि कपाल फुल्नु सामान्य हो तर आजभोलि सानै उमेरमा कपाल फुल्न थालेको छ । शरीरमा आवश्यक भिटामिन र खनिजको कमीका कारण वा उमेर बढ्दै जाँदा एक विशेष पिग्मेन्टमा कमी आउँछ र कपाल फुल्न थाल्ने पोषणविद् डा संगीता मालूले बताए ।

कपालको जरामा भएका कोशिकाहरूमा भएका मेलेनिन नामक पिग्मेन्टमा कमी आएपछि कपाल सेतो हुन थाल्छ । मेलेनिनले कपाललाई कालो राख्छ । वातावरण प्रदूषण तथा तनावका कारणले मेलेनिन घट्छ ।

यस्ता छन् फुलेको कपाल सेतो बनाउने केही उपायः
सातवटा करी पात सर्स्युँको तेलमा हालेर तताउनुहोस् । अनि अलिक सेलाएपछि त्यो तेलले टाउको मालिश गर्नुहोस् । बराबर मात्रामा भृंगराज र अश्वगन्धाको धूलो नरिवलको तेलमा मिसाउनुहोस् । राति सुत्नुभन्दा दश मिनेटअगाडि यसले टाउकोमा मालिश गर्नुहोस् । यो उपाय एक हप्तासम्म प्रयोग गर्नुहोस् । यसो गर्नाले कपाल कालो हुन्छ ।

कपालको जरामा गाईको घिउ हप्ताको तीनचोटि दल्नुहोस् । घिउ दलेको १५ मिनेटपछि श्याम्पू लगाउनुहोस् । कपाल छिट्टै कालो हुन थाल्छ ।

जैतूनको तेल हल्का तताउनुहोस् अनि त्यसमा कपूर हालेर कपाल मालिश गर्नुहोस् । पन्ध्र मिनेटपछि श्याम्पू लगाएर पखाल्नुहोस् ।

आधी कचौरा दहीमा एक चम्चा नून र मरिचको धूलो हालेर कपाल मालिश गर्नुहोस् । पन्ध्र मिनेटपछि श्याम्पू लगाउनुहोस् ।

कागतीको रसमा अमलाको धूलो हालेर कपालको जरामा मालिश गर्नुहोस् । पन्ध्र मिनेटपछि श्याम्पू गर्नुहोस् । हप्तामा दुईचोट यसो गर्नाले कपाल कालो हुँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६