भारतमा यसरी ढालीयो लेलीनको सालिक

  • प्रकाशित मितिः फाल्गुन 23, 2074
  • मधेश स्पेशल
  • 1103 पटक पढिएको

फाल्गुन २३, २०७४ / भारत: भारतको त्रिपुरामा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी विजयी बनेपछि हिंसात्मक प्रदर्शन भइरहेको छ । सरकार गठन हुनै नपाई त्रिपुरामा रहेको वामपन्थी स्मारक समेत भत्काइएको छ ।

त्रिपुराको बेलोनिया सब डिभिजनमा रहेको रूसी क्रान्तिका नायक भ्लादिमिर लेनिनको मूर्ति ढालिएको छ। लेनिनको मूर्ति बुलडोजरको सहयोगमा ढालिएको हो ।

मूर्ति ढालिएका बेला ‘भारत माताकी जय’को नारा लगाइएको थियो । प्रहरीका अनुसार भाजपा कार्यकर्ताले बुलडोजर ड्राइभरलाई मदिरा सेवन गराई मूर्ति ढाल्न लगाएका हुन । घटनापछि चालक र बुलडोजर प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।

त्रिपुरामा लेनिनको मूर्ति ढालिएको स्थानमा धारा १४४ लगाएर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।वामपन्थी पार्टीको कार्यालयमा तोडफोड गरिएको छ भने कार्यकर्तालाई घेरा हालेर आक्रमण भइरहेको छ । लेनिनको मूर्ति तोडिएपछि भारतका वामपन्थी दल र उनीहरुका कार्यकर्ता रुस्ट भएका छन् ।

त्रिपुरामा २५ वर्ष लामो वामपन्थी किल्ला भत्काउँदै भाजपा विजयी बनेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६