सुखीपुरमा तीन पसलमा आगलागी, लाखौको क्षति

  • प्रकाशित मितिः फाल्गुन २९, २०७४
  • रोयाण्टर मण्डल / डि.एन यादब
  • 1306 पटक पढिएको

रोयाण्टर मण्डल / डि.एन यादब
सुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिका ८ स्थित बजारमा मंगलबार साँझ ८ : २० बजेमा तीनवटा पसलमा आगलागी हुँदा लाखौको क्षति भएको छ ।
सुखीपुर गुद्री बजारमा रहेको संजिब गुप्ताको जस्ताको घरमा विभिन्न व्यक्तिहरुले सञ्चालन गरेको किराना , फेन्सी, टेलर्स पसलहरुमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल जलेर क्षति भएको ईलाका प्रहरी कार्यालय सुखीपुरका सई सुरदर्शन दास बताउनुभयो ।
उपेन्द्र साहको किराना पसलबाट अचानक सुरु भएको आगोले छेउमै रहेको संजिब गुप्ताको फेन्सी पसल र लटु यादबको टेलर्स पसलभित्र रहेका नगद सहित १५ लाख बराबरको समान जलेर नष्ट भएको छ ।
राति पसल बन्द गरेर घर गएका उपेन्द्र साहको किराना पसल आगो लागेको अवस्थामा देखेपछि छरछिमेकले आगो निभाएको निभाउदै पसल संचालक , बारुण यन्त्र र प्रहरीलाई जानकारी गराएको प्रत्येक्षदर्शीहरुले जानकारी गराउनुभयो ।
विद्युत सर्ट सर्किट भई सो आगलागि भएको अनुमान रहेको प्रहरीले जनाएको छ । आगलागि प्रहरी , स्थानीयबासी र लहानबाट आएको बारुण यन्त्रले निभाएका थिए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६