सडकमा फोहर फ्याक्ने दुई पक्राउ

  • प्रकाशित मितिः चैत्र 16, 2074
  • मधेश स्पेशल
  • 1621 पटक पढिएको

एके तिवारी
वीरगंज, १६ चैत्र / वीरगंज महानगरपालिका कार्यपालिकाको कार्यालय र ग्रिन सिटि वीरगंजले संयुक्त रुपमा नगर क्षेत्र भित्र अव्यवस्थित तरिकाले फोहर फ्याक्ने व्यक्ति माथि कारबाही सुरु गरेको छ । वीरगंज महानगरपालिकाका नगर प्रमुख ९मेयर० विजय कुमार सरावगीको निर्देशनमा महानगरपालिका कार्यालय र ग्रिन सिटिले संयुक्त रुपमा नगरका विभिन्न क्षेत्रहरुमा छड्के अनुगमन गरी अव्यवस्थित तरिकाले सडकमा फोहर फ्याक्ने व्यक्ति माथि कारबाही सुरु गरेको हो ।

नगर क्षेत्रमा फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन महानगरपालिकाका सरसफाई महाशाखाका अधिकृत राजकृष्ण ताम्राकारको नेतृत्वमा खटेको टोलिले विगत दुई दिन देखि नगरका विभिन्न स्थानहरुमा फोहर फ्याक्ने व्यक्तिहरुलाई आफै पक्राउ गरी प्रहरीमा बुझाई कारबाही गर्ने थालेको छ ।

महानगरबाट खटेको टोलिले बुधबार वीरगंजको अलखियामठबाट सडक छेउमा फोहर फ्याक्ने क्रममा दुई व्यक्तिलाई पक्राउ गरी वडा प्रहरी कार्यालय विर्तामा बुझाएको अधिकृत ताम्राकारले जानकारी दिए । महानगरपालिका कार्यालयले फोहर व्यवस्थापनका लागि विभिन्न संयन्त्रहरु अपनाउदै आए पनि फोहर व्यवस्थापन नहुन सके पछि अनुगमन गरिएको ताम्राकारले भने ।

ुमहानगरपालिका कार्यालयले फोहर व्यवस्थापनका लागि विभिन्न कार्यक्रमहरु संचालन गरे पनि फोहर व्यवस्थापन नहुन सके पछि हामीले छड्के अनुगमन सुरु गरेका हौँ, अधिकृति ताम्राकारले भने, ुमहानगरपालिका कार्यालयबाट सधै विभिन्न समयमा ३ पटक फोहर उठाउने गाडि साइरन बजाउदै नगर परिक्रमा गर्छ तर पनि गाडिमा फोहर नफ़्याकेर सडक छेउमा फोहर फ्याक्ने गरेका छन्, त्यस्ता व्यक्तिहरुलाई कारबाही गर्न र कानुनको दायरामा ल्याउन हामीले यो छड्के अनुगमन थालेका हौं ।ु

फोहर मैला व्यवस्थापन एन २०६८ अनुसार तोकिएको स्थान बाहेक अन्य स्थानहरुमा फोहर फ्याके कानुन बमोजिम रु पाँच हजार देखि रु एक लाखको जरिवाना र तिन महिना कैदको व्यवस्था रहेको ताम्राकारले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६