चिसो मौसममा मुटुको समस्याबाट कसरी बच्ने ?

  • प्रकाशित मितिः पुष 8, 2074
  • मधेश स्पेशल
  • 1725 पटक पढिएको

शनिबार ०८, पुष २०७४, काठमाडौं: नसर्ने रोगमध्ये मुटुरोग एक हो जुन हाल धेरै जटिल रूपमा देखा परिरहेको छ । मुटुरोगले कैयौँ व्यक्ति पीडित छन् । विश्वमै मुटुरोगका बिरामी बढिरहेका छन् । नेपालमा पनि मुटु रोगीको संख्या धेरै छ । विभिन्न अध्ययन, अनुसन्धानले जाडोमा मुटुरोगी बढ्ने गरेको देखाएका छन् ।

जाडो मौसममा शरीरबाहिरको तापक्रम कम हुन्छ । यस्तो हुँदा शरीरमा नसा खुम्चिने समस्या हुन्छ । मुटुमा रगत सञ्चालन हुने नसा पनि खुम्चिन्छ । शरीरमा कम तापक्रम भएर रगत पूर्ति कम भएपछि छाती दुख्ने समस्या पैदा हुन्छ ।

जाडो मौसममा ‘सडेन डेथ हर्टअट्याक’ हुने सम्भावना बढी हुन्छ । खासगरी, बिहानको समय ३–४ बजेतिर हर्टअट्याकको खतरा बढी हुने अनुसन्धानले देखाउँछ ।
यो शरीरमा हर्मोन रिलिज हुने समय हो ।

उमेर बढ्दै जाँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्दै जान्छ । युवा अवस्थामा पनि खानपिन, अव्यवस्थित जीवनशैलीका कारण मोटोपन बढ्दै जान्छ । कोलेस्ट्रोल मुटुको नसामा जम्दै जान्छ । यो वेलासम्म पनि मुटुरोगको लक्षण खासै देखिँदैन । तर, हर्टअट्याक भएर मृत्यु हुने सम्भावना बढी हुन्छ ।

जाडो मौसममा दमका बिरामी पनि बढ्ने गर्छन् । शरीरको तापक्रम कम हुँदा मान्छेलाई श्वास फेर्न गाह्रो हुन्छ । मुटुरोग र दमका लक्षण उस्तै देखिने भएकाले पनि धेरै बिरामी अस्पताल आउने गर्छन् ।

कसरी बच्ने ?
जाडो मौसममा देखा पर्ने रोगहरूबाट बच्न जीवनशैली व्यवस्थित बनाउनुपर्छ । दैनिक बिहान ३० मिनेट हिँड्नुपर्छ । खानपानमा विशेष ध्यान दिनुपर्छ । चिल्लो, पिरो, जंकफुडबाट टाढै रहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६