भारतबाट अवैधरूपमा कुखुरा तस्करी सिरहामा ब्यापक रूपमा हुदै सरोकारवालाहरु मौन

  • प्रकाशित मितिः बैशाख ४, २०७५
  • मधेश स्पेशल
  • 1918 पटक पढिएको

महेश सिंह महतो
सिरहा, ४ बैशाख । सीमावर्ती बजारमा भारतबाटै अवैधरुपमा भित्रिने कुखुराको अण्डा समेत विक्री वितरण हुने गरेको छ। चौकमा टेबल लगाएर त्यसमाथि खुलेयाम भारतीय सेतो अण्डा खरिद विक्री भइरहे पनि त्यसतर्फ कसैको ध्यान पुग्न सकेका छैन्। जसका कारण सीमावर्ती क्षेत्रहरू बर्डफ्लुको उच्च जोखिममा रहेका छन्। भगवानपुर, माडर, बरियारपट्टी, ठाडी, जिझौललगायतका बजारमा भारतीय सेतो अण्डा खुलेयाम खरिद विक्री हुन्छ।
जिल्ला भन्सार कार्यालय माडरका प्रमुख राजेन्द्र हमालले कुखुराको तस्करी मौलाएको स्वीकार गरेका छन्। तर उनी भन्छन्,भारतबाट कुखुरा भित्र्याउन क्वारेन्टाइन अफिसको सिफारिसमा सरकारले प्रतिबन्ध लगाएको हो। त्यसैले तस्करी किन भइरहेको छ भन्ने कुरा क्वारेन्टाइन कार्यालयसँगै गर्नुस्।ु उनले आफूले गर्नुपर्ने काम गरिरहेका बताउँदै सम्बन्धित सबै निकायले चाहे मात्र तस्करी नियन्त्रण हुन्छ– उनले थपे।

यता, माडरस्थित क्वारेन्टाइन कार्यालयका प्रमुख चन्द्रकिशोर यादबले भारतीय कुखुरा र अण्डाको तस्करी भइरहेपनि विभिन्न समस्याका कारण नियन्त्रण गर्न नसकेको बताए। उनले भने, ‘हामीले गस्ती गरेर तस्करी नियन्त्रण गर्न सम्भव छैन्। सीमा क्षेत्रमा सुरक्षार्थ खटेका प्रहरीले तस्करी रोक्नुपर्ने हो।ु आवश्यक रणनीति बनाएर तस्करी रोक्न सम्बन्धित निकायका प्रमुखहको हुने बैठक लामो समयदेखि बस्न नसकेकाले पनि समस्या भइरहेको उनको भनाई छ।
सिरहामा भारतबाट अवैधरूपमा कुखुरा तस्करी गर्ने गिरोह नै सक्रिय भएको छ। बरियारपट्टी, झाझपट्टी, माडर, ठाडी, कुसण्डीलगायतका नाकाबाट खुलेयाम कुखुरा तस्करी हुने गरेका छन्।सरकारले भारतबाट पंक्षी तथा पंक्षीजन्य पदार्थ ल्याउन पूर्णरुपमा प्रतिबन्ध लगाएको छ।
भारतमा कुखुराको मासु ५० देखि सय रुपैयाँ प्रतिकिलो सस्तो भएकाले तस्करी मौलाएको छ। सिमा क्षेत्रमा खट्ने नेपाल र शसस्त्र प्रहरीकै मिलोमतोमा कुखुराको तस्करी भइरहेको स्थानीय बताउँछन्। कुसण्डीका रामप्रसाद यादबले झाझपट्टी नाकाबाट दैनिक करिब २० देखि २५ भ्यान कुखुरा तस्करी भई लहान पुग्ने गरेको बताए। उनले भने, ुपहिले अँध्यारोमा तस्करी हुन्थ्यो। अहिले त दिउँसै हुन थालेको छ।
कुखुरा तस्करीमा साइकल, मोटरसाइकल र चारपाङग्रे भ्यान प्रयोग हुने गरेको छ। भन्सारको टोलीले गत माघ २५ गते मध्यरातमा लगठी गोठ नाकाबा ५ भारतीय जीपसहित १० भ्यान कुखुरा लोड गरिएको अवस्थामा बरामद गर्‍यो। तर तस्करलाई भने पक्राउ गर्न सकेन। त्यसपछि नेपाल प्रहरीले फाल्गुन १७ गते सोही क्षेत्रबाट जीपसहित ८ लाख ५० हजार बराबरको कुखुरा र एक तस्कर पक्राउ गरे।
त्यसयता पक्राउ पर्न कुनै निकायले कुखुरा बरामद गर्न सकेका छैन्।जिल्लाको लगडी गोठ, झाझपट्टी र बरियारपट्टी नाका कुखुरा तस्करका लागि स्वर्ग बनेको छ। तस्करी रोक्ने निकायले नै कुखुरा तस्करसँग महिनावारी लिने गरेको एक व्यापारीले नाम नछापिदिने सर्तमा बताए। उनले भने,प्रहरीले चाह्यो भने एक पीस कुखुरा पनि ल्याउन मुस्किल छ। तर गाडीको गाडी कसरी ल्याउँछन्। महिनावारी असुल्न सजिलो पार्नका लागि मात्र प्रशासनले कहिलेकाँही कुखुरा बरामद गर्ने गरेको उनको दावी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६