बाेन म्यारो पीडित छोरीलाई बचाउन परिवारद्धारा सहयोगको याचना

  • प्रकाशित मितिः बैशाख 20, 2075
  • मधेश स्पेशल
  • 838 पटक पढिएको

मोरङ/ बाेन म्यारो रोगले पीडित मोरङको बेलबारी ३ निवासी १३ वर्षिय सृजना लिम्बुकाे उपचार सहयोगका लागि पीडित परिवारले सहयोगको याचना गरेको छ ।

बेलबारी-३ निवासी फिपराज लिम्बु र सम्झना लिम्बुुकी छोरी सृजना लिम्बु स्थानीय श्री आधारभुत प्राविको कक्षा ५ मा पढ्दै थिईन् । निम्न आर्थिक अवस्था भएका लिम्बु परिवारलाई स्थानीयको सहयोगमा प्रारम्भिक चरणमा उपचार गर्दै आएका थिए । त्यसपछि विरामीलाई काठमाण्डौ लानुपर्ने भएपछि सृजना लिम्बु बचाउ अभियानको पहलमा उनलाई मंगलवार काठमाण्डौ स्थित सिभिल अस्पतालमा लगिएको छ । काठमाण्डौ सम्म जाने सबै बन्दोबस्ती अभियानले गरेको हो । सृजनालाई काठमाण्डौ उपचार लानु अघि युवा जागरण अभियान नेपालले स्थानीय सहयोगी संघसंस्था र अभियानमा आवद्ध संस्थाका प्रतिनिधिहरुसंँग पनि आर्थिक संकलन तथा उपचारको विषयमा छलफल गरेका थिए । अस्पतालले सृजनाको उपचारको लागि करिब २२ लाख रुपैया लाग्ने भएपछि बेलबारीका संघसंस्थाहरुले सृजना लिम्बु बचाउ अभियान गठन गरि सहयोग संकलन शुरु गरेका छन् । युवा जागरण अभियान नेपाल बेलबारीको अगुवाईमा बचाउ अभियान गठन भएको हो ।

सुरेन्द्र सुवेदीको संयोजकत्वमा गठित अभियानमा बेलबारी जेसिज, लायन्यस् क्लव बेलबारी लगायतका संघसंस्थाहरुको सहभागिता रहेको छ । सृजना लिम्बुकाे परिवारको आर्थिक अवस्था नाजुक रहेपछि उनको उपचारको लागि यसअघि पनि विभिन्न संघसंस्थाले सहयोग रकम हस्तान्तरण गरिसकेको छ । युवा जागरण अभियान नेपालले महोत्सवबाट बचत रकम मध्य ५० हजार रकम प्रदान गरिसकेको छ । त्यसैगरी बेलबारी जेसिज,लायन्स् क्लव लगायतको टिमले देउशीबाट संकलित ५६ हजार रकम पनि पीडित परिवारलाई हस्तान्तरण गरिसकेको छ । यसअघि उनको उपचारको लागि व्यक्तिगत सहयोग रकम समेत प्रदान गरेका थिए ।

हाल सृजना बचाउ अभियानमा सहयोग संकलन कार्य जारी रहेको र आर्थिक अभावको कारण जो कोही पनि उपचारबाट बन्चित हुनुहुदैन भन्ने अभियानका अध्यक्ष सुजित बस्नेतको भनाई छ । सृजनाको उपचार सहयोगको लागि प्रवासमा रहने नेपाली दाजुभाईहरुबाट पनि सहयोगको लागि तयारी रहेको अभियानका सचिव हरि गुरुङले बताएका छन् । अभियानकै सदस्य जनक सुब्बाले सृजनालाई बचाउन सबै पक्ष संग सहयोगको अपील गरेका छन् । मानव सेवा नै ठूलो धर्म भन्ने मान्यताका साथ बेलबारीका युवाहरु सृजनाको जीवन बचाउन सहयोग संकलन कार्यमा तल्लीन छन् । यसैगरी सृजना लिम्बुकाे उपचारकै लागि बेलबारी नगरपालिकाले पनि २५ हजार रकम सहयोग गरेको छ । नगरपालिकाले गम्भीर प्रकृतिका विरामीलाई जनही २५ हजार रकम दिने यस अघि निर्णय गरेको थियो । विरामीलाई रकम प्रदान गर्ने झन्झटिलो प्रक्रियाका कारण सृजनाका परिवारले बेलबारी नगरपालिकाबाट केहि ढिलो गरि रकम प्राप्त गरेका थिए ।

सो विषयमा पत्रिकामा समचार प्रकाशित भए लगत्तै अन्य विरामीहरुलाई पनि नगरपालिकाले रकम प्रदान गरेको थियो । विरामीको रोग गम्भीर प्रकृतिको भएको विशेषज्ञ डाक्टरले प्रमाणित गरेपछि औषधी खाईरहेको पुर्जीको आधारमा रकम भुक्तानी गर्नुपर्ने नागरिकको धारणा छ । तर नगरपालिकाले उपचार र औषधी विल ल्याउनु पर्ने जस्ता झन्झटिलो सर्त राखेको नागरिकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६