रामसोभितमाथि रामेश्वरले लगाएको आरोपमा सत्यता नरहेको दावी

  • प्रकाशित मितिः जेठ 3, 2075
  • मधेश स्पेशल
  • 1637 पटक पढिएको

सन्तोष यादब
सिरहा / सुखिपुर नगरपालिका ८ विद्यानगरका रामेश्वर महतोले आफुमाथी लगाएको लेनदेनको विषयमा औरही गाउँपालिका २ तुलसीपुरका रामसोभित नायकले पारिवारिक हिसाबवारी रहेको ठहर गरेको छ । नायकले आफुले नै रामेश्वर महतोसंग पैसा लिनुपर्ने दावी गरेका छन् । नायकले आफुसंग ऋण लिएको हो । नायकसँग सुखिपुर चौकमा घर बनाउन १४ लाख रुपैया ऋण लिएका थिए । ति मध्ये ५ लाख मात्र फिर्ता गरे । बांकी ९ लाख रुपैया माग गरेपछि उनले उल्टै बेइमानी गर्न खोजेको रामसोभितले दावी गरे । रामसोभित रामेश्वरका सहोदर दाई रामनारायण महतोको आफ्नै ज्वाई हुन् । रामसोभित भन्छन्, ‘रामेश्वर रिलेसनमा ससुरा पर्नुहुन्छ । त्यही भएर उहांलाइ ऋण दिंदा कपाली कागज गराएनौं । म उहँंलाई इमान्दार ठाने तर उहांले बेइमान सावित भयो । ‘उहांले उल्टै रकम ठगेको भनेर मिडियवाजी गरेको हो । कागज देखाउदै रामसोभितले भने, ‘हेर्नुस् यो कागज । संजिव राउतले आफूबाट ५ लाख रुपैया लिएर ऋण चुक्ता गर्नुभएको छ । तर रामेश्वरले आफूले संजिव मार्फत ५ लाख रुपैया दिएको भनेर सरासर झुठ बोलेका छन् । उनले रामेश्वरले नभई आफूले नै उहांलाई ऋण चुक्ता गर्न पटक पटक ताकेता गरेको पनि स्पष्ट पारे । उनले धम्की दिएको र काठमाडौं पुगेर कुटपिटको प्रयास गरेको भनेको कुरामा कुनै सत्यता छैन । उनले आफूले कहिल्यैं पनि फोन मार्फत कसैलाई पनि धम्की नदिएको बताए । उनी भन्छन्, ‘यदि म धम्की दिएको हो भने मेरो कल डिटेल निकालेर छानविन गर्न पनि प्रशासनसंग आग्रह गर्छु । रामेश्वरले प्रहरी मार्फत पटक पटक टर्चर गराउंदा आफू पुनरावेदन अदालत राजविराजमा पुगेर निषेधाज्ञा समेत जारी गर्न लगाएको रामसोभित बताउंछन् । अदालतले जारी गरेको निषेधाज्ञा आदेशमा भनिएको छ, ‘सुविधा सन्तुलनको टुंगो नलागेसम्म कानून बमोजिम बाहेक लेनदेन देवानी विषयमा निवेदकलाई गैरकानूनी रुपमा पक्राउ नगर्न, थूनामा नराख्न तथा मानसिक तथा शारिरीक यातना नदिनु दिन नलगाउनु भनी अन्तरिम आदेश जारी गरी दिएको छ । रामेश्वरले आफ्नो छोरीलाई एमविविएसमा नाम निकालिदिने भनी १० लाख रुपैया रामसोभितलाई दिएको आरोपमा कुनै सत्यता नभएको नायकको दावी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६