सिरहाका किसानहरु तरकारी खेतिमा आत्मर्निभर बन्दै

  • प्रकाशित मितिः जेठ ३, २०७५
  • मधेश स्पेशल
  • 1414 पटक पढिएको

महेश सिंह महतो
लहान । सिरहाको किसानहरु आफुले उत्पादन गरेको तरकारी खेतिबाट यहाँका किसानहरु आत्मर्निभर भएपछि ३० हजार भन्दा बढी किसानका परिवार लाभावित भै रहेको छ । जिल्लामा सबभन्दा बढी तरकारी फुलकाहाकट्टी गाविसमा उत्पादन हुने गरेको छ । आफुले उत्पादन गरेको तरकारी पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहा जिल्लाको धनगढी लहान पडरिया, छपाराडी, गोलबजार, चोहर्वा, मिरचैया, घुर्मी, बन्दीपुर बस्तीपुरमा लाग्ने साप्ताहिक हाटबजारमा प्रति महिना करिब २ करोड मूल्य बराबरको तरकारी विक्री हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार यहाँका किसानहरु व्यावसायिक रुपमा तरकारी खेती गरी उत्पादन भएको तरकारी मध्ये २५ प्रतिशत तरकारी भारतीय बजारमा लगी विक्री गर्ने गरेको छ । अत्यधिक मात्रामा तरकारी उत्पादन हुन थालेपछि सिरहाका युवाहरु वैदिशिक रोजगारको लागि अरब मुलुक जान छाडी तरकारी खेतीमै लागेको एक सिरहाका अगुवा किसान बलदेब महतोले जनाए । सिरहाका किसानहरु धान तथा गहु खेतीको समयमा पनि बेमौसमी तरकारी खेतीमा हौसिएका छन् । सिरहाको किसानहरुले तरकारी खेतीलाई नगदेबालीको रुपमा लिन थालेको छ । किसानहरुलाई समय समयमा तालिम, उन्नत प्रकारको विउ वितरण तथा प्राविधिक सल्लाह दिदै आइ रहेको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६