खुलास्थानमा शौच गर्न रोक लगाउनेमाथि नै खनिए स्थानीयवासी

  • प्रकाशित मितिः जेठ 3, 2075
  • सिकिन्द्र साह
  • 1182 पटक पढिएको

सिम्रौनगढ/ बाराको आदर्श कोतवाल गाउंपालिकाका स्थानीयवासी खुला स्थानमा दिसापिसाब गर्न हुन्न भनेर रोक लगाउनहरुमाथि नै जाईलागेका छन् ।

गाउंपालिकालाई खुला दिशा मुक्त गर्नको लागि बिगत पांच महिना देखि जनचेतनामूलक कार्यक्रम गर्दै आएको र बुधबार बिहान पांच बजेको समयमा आदर्श कोतवाल गाउंपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने इन्र्वामाल रुपवलिया बतरामा अनुगमनमा खटिएका रेडक्रसका कर्मचारीहरुलाई खुला दिशा गर्नमा रोक लगाएको भन्दै स्थानीयवासी रेडक्रसका कर्मचारीमाथि जाईलागेका हुन् ।

नेपाल रेडक्रस सोसाईटी बाराका कर्मचारी क्षेत्रीय सुपरभाइजर जितेन्द्र गिरी, महिला समाजिक परिचालक किरण यादव, पृयात्मा कुशवाहामाथि स्थानीय बासिन्दाहरु जाईलागेका थिए । आक्रमणमा उत्रिएकाहरुलाई नियन्त्रण गर्न महेन्द्र आदर्श चिउटाहाका प्रहरी इन्चार्ज प्रहरी सहायक निरीक्षक श्याम किशोर यादवलाई जानकारी दिएपनि घटनास्थलमा नआएको बताएका छन् । खुला दिशा मुक्त गर्नको लागि प्रहरीले सहयोग नगरेको जितेन्द्र गिरिले बताए । खुला दिशा मुक्त गर्न टोलीलाइ र स्थानीय ब्यक्ति ीबच सिम्रौनगढबाट सशस्त्र प्रहरी उमाशंकरको कमान्डमा गएको टोलले स्थानीयहरुलाई सम्झाइ बुझाई गरेर शान्त पारेका थिए । आदर्श कोतवालमा खुला दिशा मुक्त अभियानकै क्रममा पाएको उपलब्धी आदर्श कोतवालको वडा नम्बर–४ कोतवाली छिट्टै खुला दिसा मुक्त हुने समेत गिरीले जानकारी दिए । साभार: ekripa

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६