सुखीपुरलाई नाशा मुक्त नगर बनाउन विद्यालयहरुमा बक्तृत्वकला

  • प्रकाशित मितिः जेठ 10, 2075
  • रोयाण्टर मण्डल
  • 2128 पटक पढिएको

सिरहा/ धुम्रपान सेवनकै कारण सुखीपुर नगरमा अकालमै ज्यान जाने गरेकोले नगर सुधार समिति सुखीपुरले नाशाले सुखीपुर नगरमा पार्दै आएकाको असरबारे विद्यालयहरुमा बक्तृत्वकला प्रतियोगिता गर्दै आएको छ । सुखीपुर नगरपालिकालाई नाशा मुक्त नगरपालिका बनाउन नगरभरका विद्यालयहरुमा नाशाबाट सुखीपुर नगरमा पारेको प्रभावको विषयको नाशा मुक्त नगर स्वस्थ्य नगर शिर्षकमा नगर भरका विद्यालयमा फरक फरक दिनमा विद्यार्थीहरुले बक्तृत्वकला प्रतियोगिता भाग लिदै आएका छन् ।

सुखीपुर नगरपालिका वडा नम्बर १० स्थित रहेको श्री जनता माध्यमिक विद्यालय दहिपौडीमा भएको प्रतियोगितामा अजंली कुमारी यादब प्रथम, लक्ष्मी कुमारी यादब दोस्रो र अस्मीता कुमारी महतोले तृतीय भएकी छिन् । यो बक्तृत्वकला प्रतियोगिता अभियान अन्तरगतको शुरुवात हो । नाशाबाट सुखीपुर नगरमा पारेको प्रभावको बारेमा प्रत्यक्ष रुपमा २ हजार भन्दा बढी विद्यार्थीले सुन्न र बोलेर पाउँने छन् र आ– आफना घरमा नाशा सम्बन्धि वकालत गर्न पछि हट्ने छैन् ।

अभियानको प्रमुख तागत विद्यार्थी समेत हो त्सैले विद्यालयहरुमा नाशा मुक्त नगर स्वस्थ्य नगर शिर्षकमा फरक फरक कार्यक्रम गर्दै आएको नगर सुधार समिति सुखीपु्रका नगर अध्यक्ष विपि भुवन यादबले बताउनुभयो । उहाँले थप्दै भन्नुभयो – सुखीपुर नगरपालिकामा १ सय भन्दा बढी रक्सीको पसल, ५० भन्दा बढी अबैध रक्सी भट्टी, अबैध गाजा विक्री लगायतका लागु पदार्थहरु खुल्याम विक्रीले गर्दा यहाँका सयौ युवाहरु विकृतीमा लागेकोले यस्ता युवा लगायत जाँड रक्सीका कारण गरिबी जिवन बिताउनेहरुको मध्य नजरगरी यस्तो अभियानमा लागनु गरेको छु ।

श्री जनता माध्यमिक विद्यालय दहिपौडीका प्रधान अध्यापक धर्मनाथ महतोको प्रमुख अतिथी , नगर सुधार समिति सुखीपुरका अध्यक्ष विपि भुवन यादबको अध्यक्षतामा भएको प्रतियोगिताको निर्णायक मण्डलीमा डोरेन्द्र कुमार यादब, शिव नाथ यादब र रानि सुजना रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६