एप्पलले किन स्लो बनायो पुरानो मोडेलका आइफोन ? कारण यस्तो रहेछ

  • प्रकाशित मितिः पुष 8, 2074
  • मधेश स्पेशल
  • 889 पटक पढिएको

शनिबार ०८, पुष २०७४: एप्पलका पुराना मोडेलका आइफोन प्रयोगकर्ताले पछिल्ला दिनहरुमा फोन सुस्त बनेको गुनासो गरिरहेका छन् । आइफोन प्रयोगकर्ताको गुनासो बढ्दै गएपछि एप्पलले यसको कारण खुलासा गरेको छ ।

एप्पल आफैंले पूराना मोडेलका आइफोनको परफर्मेन्स स्लो बनाइदिएको पुष्टि गरेको छ । धेरै मानिहरु एप्पलले आफ्ना प्रयोगकर्तालाई नयाँ आइफोन किन्न बाध्य पार्नका लागि पुराना आइफोन स्लो बनाउने गरेको आशंका गर्दै आएका थिए ।

यहीँ आशंकालाई बल पुग्नेगरी एप्पलले कतिपय पूराना मोडेलहरुको उमेर बढ्दै जाँदा त्यस्ता मोडेलको कार्यक्षमता घटाइने गरिएको र ब्याट्रीको क्षमता घट्दै जाने हुनाले कम्पनीले त्यस्तो गर्ने गरेको बताएको छ ।

तर आफुले प्रयोगकर्तालाई नयाँ आइफोन किन्न बाध्य पार्नका लागि त्यस्तो गर्ने गरेको कुरालाई अस्वीकार गर्दै एप्पलले प्रयोगकर्ताका जुनसुकै मोडेलका आइफोन डिभाइसको आयु बढाउने एकमात्र ध्येय रहेको जिकिर गरेको छ ।

एकजना रेडिट प्रयोगकर्ताले निकै स्लो बनिसकेको आफ्नो पूरानो आइफाेन सिक्समा नयाँ ब्याट्री हालिसकेपछि उक्त आइफोन फास्ट बनेको उदाहरणसहितको अनुभव शेयर गरेपछि एप्पलको यस्तो अभ्यासको खुलासा भएको हो ।

यस समाचारको बारेमा प्रतिक्रिया दिँदै एप्पलले कतिपय पुराना मोडेलका डिभाइसमा रहेका आयु रित्तिँदै गएका लिथियम आयोन ब्याट्रीहरुको व्यवस्थापन गर्न अपरेटिङ सिस्टम आइओएसमा परिवर्तन गरेको जनाएको छ ।

एप्पलले भनेको छ, ‘लिथियम आयोन ब्याट्रीहरु चिसो वातावरणमा, कम चार्ज भएको अवस्थामा वा बढी पुरानो भएको अवस्थामा डिभाइसलाई चाहिने उच्चतम करेन्ट प्रवाह गर्न असमर्थ हुन्छन्, जसका कारण डिभाइसका इलेक्ट्रोनिक कम्पोनेन्टलाई बचाउनका लागि डिभाइस आकस्मिक रुपमा बन्द हुने गर्दछ ।’

एप्पल अगाडि भन्छ, ‘गत वर्ष हामीले आइफोन ६, आइफोन ६ प्लस तथा आइफोन एसइका लागि एउटा फिचर रिलिज गर्यौँ जसले पिक करेन्ट डिमान्डलाई व्यवस्थापन गरी डिभाइसलाई अनपेक्षित रुपमा सट डाउन हुनबाट रोक्दछ । अहिले उक्त फिचर आइफोन सेभेनमा पनि थप गरिएको छ र भविष्यमा अन्य डिभाइसमा पनि विस्तार गरिनेछ । हाम्रो लक्ष्य भनेको ग्राहकहरुलाई सर्वोत्तम अनुभव प्रदान गर्नु हो ।’

लिथियम आयोन ब्याट्रीहरु किन स्खलित हुँदै जान्छन् ?

लिथियम ब्याट्रीहरु समयसँगै क्षमताहीन हुँदै जान्छन् । चार्जिङ र डिस्चार्जिङ चक्रका कारण यस्तो हुन्छ । दुबै चक्रमा लिथियम आयोन ब्याट्रीको पदार्थमार्फत प्रसार भएको हुन्छ । लगातारको प्रयोगबाट ब्याट्रीमा आउने परिवर्तन भनेको स्टिलको सतहमा विस्तारै बन्ने खिया जस्तै हुन्छ । यसले ब्याट्रीको पदार्थलाई विस्तारै क्षयीकरण गर्दै जान्छ र फलतः त्यसले कम चार्ज मात्र संग्रहित गर्न सक्दछ र डिभाइसलाई चाहिने पिक चार्ज प्रवाह गर्न असफल हुन्छ । स्रोत: अनलाइनखबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६