विदेशबाट सुन ल्याउँदा अनिवार्य रुपमा भन्सार तिर्नुपर्ने

  • प्रकाशित मितिः जेठ २०, २०७५
  • मधेश स्पेशल
  • 877 पटक पढिएको

काठमाडौं/ विदेशबाट सुन ल्याउँदा अनिवार्य रुपमा भन्सार तिर्नुपर्ने भएको छ। यसअघि ५० ग्रामसम्म ल्याउँदा भन्सार तिर्नुपर्दैनथ्यो।

बजेटसँगै पारित भएको अर्थ विधेयकमार्फत सरकारले सुन आयातमा नयाँ प्रावधान लागू गरेको हो। जसअनुसार जतिसुकै सुन ल्याउँदा पनि अब भन्सार तिर्नुपर्ने हुन्छ। अर्थ विधेयक अनुसार ५० ग्रामसम्म सुन ल्याउँदा प्रति १० ग्रामको ५ हजार २ सय रुपैयाँका दरले राजस्व तिर्नुपर्ने हुन्छ। त्यसभन्दा माथि सय ग्रामसम्मको सुनको प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँका दरले भन्सार तिर्नुपर्ने प्रावधान राखिएको छ।

यसअघि विदेशबाट ५० ग्रामसम्म मात्र सुन ल्याउन पाइन्थ्यो। त्यसलाई बढाएर एक सय ग्राम बनाइएको छ। तर, जतिसुकै सुन ल्याए पनि भन्सार तिर्नुपर्ने प्रावधान लागू गरिएको छ।

यसबाट वैदेशिक रोजगारमा जाने नेपालीहरु प्रभावित हुनेछन्। तर, सो प्रावधानको दुरुपयोग गरी सुन तस्करी भएपछि त्यसलाई रोक्न यस्तो प्रावधान प्रावधान लागू गरिएको छ। एक सय ग्रामभन्दा धेरै सुन ल्याएमा भने त्यो सुन जफत हुने र भन्सार ऐनअनुसार कारबाही हुने भन्सार विभागका उपमहानिर्देशक नारायण सापकोटाले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६