रेमिटेन्सको आम्दामी उपभोगमा खर्चहुँदै

  • प्रकाशित मितिः असार 11, 2075
  • सुम्निमा चाम्लिङ
  • 890 पटक पढिएको

धरान/ नेपालको अर्थ व्यवस्थालाई अहिले विशेषत रेमिटेन्सले धानेको छ । नेपालबाट दैनिक हजारौको संख्यामा नेपाली युवा रोजगारीको शिलशिलामा विदेशीने गरेको पाईन्छ । उनीहरुले मिहिनेत गरी कमाएर पठाएको पैसाले नै अहिले अधिकांश नेपालीको चुलोमा आगो बलेको छ । मुलुकमा रेमिटेन्स जति धेरै भित्रिएपनी त्यसको सदुपयोग भने हुन भने सकेको छैन । प्राप्त रेमिटेन्स उत्पादन र विकासमा भन्दा पनी उपभोगमा खर्च हुने गरेको पाईएको छ । सधै उपभोगमा मात्र खर्च भईरहेमा देशमा जतिनै रेमिटेन्स भित्रिएपनी त्यसले अर्थतन्त्र र मुलुकको भौगोलिक विकासमा खासै प्रभाव पार्न सक्दैन । रेमिटेन्सको कारण परनिर्भरता बढेपछी रेमिटेन्स पाउने व्यक्तिलाई काम गर्ने उत्साह कम हुने गरेको समेत पाईएको छ ।

अत्यावश्यक वस्तु भन्दा अनावश्यक वस्तुमा बढी खर्चहरु गर्ने बानी बसेको पाईन्छ । विदेशबाट पठाएको रेमिटेन्सको सही सदुपयोग हुन नसक्दा आर्थीकस्तरमा समेत सुधार हुन सकेको छैन । रेमिटेन्सको कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषयमा रुपान्तरण नेपाल सुनसरीले धरानमा रेमिटेन्सको उपयोगिता विषयक वित्तिय शिक्षा दुई दिने अनुशिक्षण कार्यक्रमको आयोजना गर्यो । अनुशिक्षण कार्यक्रममा धरानका सबै वडाबाट ३० जना महिलाहरु सहभागी भएका थिए । सहभागी महिलाहरु मध्ये अधिकांश रेमिटेन्सको भरमा गुजारा चलाईरहेको पाईयो ।

केही महिलाहरु मात्र आयमुलक काममा संलग्न रहेको पाईएको छ ।रेमिटेन्सबाट प्राप्त रकमलाई अनावश्यक खर्च कम गरी कसरी उत्पादनमुलक काममा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा महिलाहरुलाई अनुशिक्षण कार्यक्रमको आयोजना गरेको रुपान्तरण नेपाल सुनसरीका अध्यक्ष सबिता राईले बताईन् । समृद्धि नेपालका जय खड्का,रितुराम भण्डारी र युवा दृष्टी नेपालका कार्यकारी निर्देशक सुभेक्षा अधिकारीले तालीमको सहजीकरण गरेका थिए । सहजकर्ताले सहभागी महिलाहरुलाई चार्ट मार्फत रेमिटेन्सको कसरी सही प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सहजीकरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी मितेरी बैकंका सिईओ तुलसीप्रसाद वस्ती रहेका थिए । रुपान्तरण नेपाल तिन वर्ष अघि खोलिएको गैरसरकारी संस्था हो । यस संस्थाले विशेषगरी महिला तथा युवाहरुलाई सचेत गराउने काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६