लहान नगरपालिकाको आ. व. २०७५/ ७६ बजेट १ अर्ब ३५ करोड

  • प्रकाशित मितिः असार 11, 2075
  • फिरोज शेख / विरेन्द्र नेपाल
  • 1110 पटक पढिएको

फिरोज शेख / विरेन्द्र नेपाल
सिरहा / जिल्लाकै प्रमुख केन्द्रको रुपमा हेरिएको लहान नगरपालिकाले “समृद्ध लहानको आधार ः कृषि, उद्योग, पर्यटन र पूर्वाधार”भन्ने मूल नाराका साथ स्वच्छ, समृद्ध र सुन्दर नगर निमार्ण गर्ने वाचासहित आर्थिक वर्ष ०७५र७६ को आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार दोस्रो नगर सभा गरेर नगरपालिकाले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। लहान नगरपालिका प्रमुख मुनि साह सुडीको अध्यक्षता तथा केन्द्रिय कानुन मन्त्री शेर वाहादुर तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमा सिरहा ३ का प्रतिनिधि सभा सदस्य लिलालनाथ श्रेष्ठ, सिरहा १ का प्रतिनिधि सभा सदस्य प्रदिप गिरी , सामानुपातिक प्रतिनिधि सभा सदस्य सरिता गिरि,सिरहा १ ९क ० का प्रदेश सभा सदस्य लगन लाल चौधरी ,९ ख ० प्रदेश सभा सदस्य अशोक यादव ,जनप्रतिनिधि ,नगरपालिकाको कर्मचारी संगै वुद्धिजीवि,नागरिक समाज , संचारकर्मी उपस्थित रहेको उक्त नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका नगर प्रमुख मुनि साहले आर्थिक वर्ष ०७५र७६ का लागि लहान नगरपालिकाको बजेट १ अर्ब ३५ करोड २५ हजार रहेको बताउदै नगरपालिकालाई प्रदेश स्तरकै शिक्षा हवको रुपमा बिकास गरीने बताएका छन्।
आगामी आर्थिक वर्ष ०७५र७६ को आय तर्फ संघीय सरकारबाट वित्तीय समानीकरण २१ करोड ८३ लाख , राजश्व वाडफाड १३ करोड , सामाजिक सुरक्षा तर्फ
१५ करोड ,सशर्त तर्फ २५ करोड ६३ लाख गरि ७५ करोड ४६ लाख , प्रदेश सरकारबाट वित्तीय सामान्यीकरण ५० लाख सशर्त १ करोड गरि १ करोड ५० लाख ,सडक बोर्डबाट १करोद ,आन्तरिक तर ५ करोड ५४ लाख २५ हजार ,चालु आर्थिक वर्षको असारमा बाँकी रहने बचत ३० करोड तथा न्यून पूर्तिको २१ करोड ५० लाख गरि जम्मा १ अर्ब ३५ करोड २५ हजारको आय अनुमान गरिएको र वय तर्फ चालु खर्च ६० करोड ७८ लाख ६७ हजार र पुँजीगत खर्च तर्फ ७४ करोड २१ लाख ५८ हजार प्रतावित गरिएको छ।
आगामी आर्थिक वर्ष ०७५र७६ मा नगरपालिका क्षेत्र भित्र नगर सभाहल , घण्टाघर , विधुतीय पुस्तकालय ,महिला विद्यालय , स्मार्ट मार्केट ,लहान चक्रपथ ,चिडिया घर लगायतका आयोजनाहरुलाई उच्च प्राथमिकतामा राख्दै नमुना नगर सडक निर्माण , विभिन्न सडक कालोपत्रे कार्य , व्यापारिक भवन निर्माण , वाचनालय भवन निर्माण , महिला विधालय भवन निर्माण , कृषि यान्त्रिक कार्यशाला निर्माण ,यान्त्रिक उपकरण खरिद ,चक्रपथ सिमाङ्गकन आदि कार्य अगाडी बढाउनका लागि समेत बजेटको व्यवस्था गरिएको छ।
आगामी आर्थिक वर्ष ०७५र७६ मा लहान नगरपालिकाले लिएका विभिन्न नीतिहरु अन्तर्गत पूर्वधार एवं शहरी विकाश , शिक्षा तथा खेलकुद ,स्वास्थ्य तथा सरसफाई,पशु ,कृषि ,सिचाई तथा भुमि र उधमशीलता , सामाजिक विकाश,विपद तथा वातावरण व्यवस्थापन ,संस्थागत विकास ,सेवा प्रवाह र सुशासन, बजेट निर्माण तथा कार्यान्वयन सम्बन्धि नीतिहरु रहेका छन् ।
यसै बीच प्रदेश नम्वर २ कुनै प्रदेश भन्दा गरीव नरहेको केन्द्रिय कानुन मन्त्री शेर वाहादुर तामाङ्ग बताउनु भएको छ ।“समृद्ध लहानको आधार ः कृषि, उद्योग, पर्यटन र पूर्वाधार”भन्ने मूल नाराका साथ आयोजना भएको लहान नगरपालिकाको दोस्रो नगर सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु हुँदै सरिता गिरीले शुभकामना मन्तव्य राखने क्रममा ७ वटै प्रदेशहरु मध्ये २ नम्बर प्रदेश सब भन्दा गरिब रहेको प्रशंग लाई जोड्दै कानुन मन्त्री तामाङ्गले यस्तो बताउनु भएको हो । “नेपालीसंग के छैन रु प्रकृति नदी नाला उर्वर भूमि जलश्रोत लगायत सवै थोक भएको देश नेपाल पनि गरीव छैन प्रदेश नम्वर २ त झन गरीव छैन । अब हामीले आफनो श्रोत साधनको खोजी गरेर देश प्रदेशको समृद्धिमा लाग्नुपर्छ” , उहाँले भन्नुभयो ।

भारत र चीनसंग समदुरीमा रहेर हामी हाम्रो देश प्रदेश आफैले बनाउन लागौ भन्दै मन्त्री तमाङ्गले मधेशको पक्षमा केन्द्रिय सरकार रहेकोछ , प्रदेश नम्वर २ को समृद्धिको आधार कृषि पर्यटन नै रहेकोले कोशी कमला डाईभर्सन संचालन गरेर प्रदेश नम्व २ लाई सम्पन्न बनाउन केन्द्रिय सरकारबाट हरेक सहयोग प्राप्त भईरहने विश्वास दिलाउनुभयो । मधेशमा पहिचान र संघियताको लागि भएको आन्दोलनको केन्द्रविन्दु लहानलाई समृद्ध सम्पन्न लहान बनाउनको लागि नगरपालिकाले सार्वजानिक जमीन छुट्टयाएर कृषि प्रयोजनमा लगाउनुस थोरै कर सरकारलाई दिएर उत्पादनमा जोड दिए समृद्ध लहान बनाउन अर्बौको बजेट आफ्नै श्रोत र साधनबाट पनि ल्याउन सक्ने संभावना रहेको उहाँले स्पष्ट गर्नुभयो ।

सामाजिक न्यायको लागि स्थानीय तहले स्वयम कानुन बनाउन सक्ने भएकोले न्यायको लागि केन्द्रकै मुख ताक्नु हुँदैन ,सिंहदरबारको अधिकार गाँउमा ल्याई पुरयाई दिएको यो संविधानलाई व्यवहारमा उतार्न स्थानीय तह सक्षम भएर काम गर्न पछि पर्नु हुँदैन, मधेशका सशस्त्र समूहहरुले हिंसात्मक गतिविधि छोडेर शान्ति विकासको लागि एकाकार भएर काम गर्ने वेला आएको छ , मधेशमा रहेको नागरिकताको समस्या समाधान गर्न आवश्यक परे संविधान संशोधन गर्न पनि सरकार पछि हट्दैन मन्त्री तामाङ्गले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेता लिलालनाथ श्रेष्ठ, प्रदिप गिरी , लगन लाल चौधरी ,अशोक यादवले अब बोलेर समय खेर फाल्ने बेला होईन , गरेर देखाउ । प्रदेश नम्वर २ कै संभावना भविष्य बोकेको लाहानको समृद्धिको लागि सवैको भावना र चाहनालाई समेटेर एकतावद्ध भई लहानको विकासमा लाग्न आग्रह गर्दै आवश्यक सहयोग केन्द्रिय र प्रदेशबाट लहान नगरपालिकालाई गराउन पछि नहट्ने दृढता वयक्त गर्नुभयो । यसै बीच २०७४ ÷ ७५ को बजेट कार्यान्वयनको लागि अहोरात्र खटेका कर्मचारीहरुमा ज्ञानदेव सहनी , चन्द्र नारायण पासवान , राम कृष्ण महतो , लेखा अधिकृत मायानाथ अचार्य , वरिष्ट ईन्जिनियर शत्रुधन प्रसाद चौधरी र जन प्रतिनिधिहरुको तर्फबाट कृषि , शिक्षा , सरसफाई , सडक निर्माण , नक्सा र खेलकुदको क्षेत्रमा योगदान पुर्याएका वडाध्यक्षहरु क्रमशः सुलेमान अन्सारी , प्रदिप चौधरी , विजय महतो , मन्टी कुमार मण्डल , प्रथमलाल चौधरी , मोहम्मद हकिम ,राज कुमार साह , गणेश चौधरी र कन्हैया गुप्ता प्रमाणपत्र सहित पुरस्कृत भएका छन्।
त्यसैगरी, पत्रकार विरेन्द्र नेपालले फेशबुकको वालमा लेखनु भएको समाचार जस्ताको त्यस्तै – असार १० गते लहान नगरपालिका नगरकार्यपालिकाको दोश्रो नगर सभाको उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा लहान नगपालिकाको सवै तहका कर्मचारीहरु लगाय २४ सौ वार्डका वाडा अध्यक्ष,सदस्य हरुको सहभागिता थियो । सो कार्यक्रमको प्रमुख अतिथि माननिय कानुन,न्याय तथा संसदीय मामिला मन्त्री श्री शेर बहादुर तामाङले पानसमा बत्ती बालि उद्घाटन गर्नु भएको छ ।
सरकारको तर्फवाट माननिय कानुन,न्याय तथा संसदीय मामिला मन्त्री श्री शेर बहादुर तामाङको भनाईहरु ः हाम्रो देश महान छ ,सवै थोक छ तर बिकास र रोजगारमा समस्या छ । लहान नगर बिकासका लागी थप बजेट दिन्छौ तर यहाँका जनताले तिरेको करको अधारमा चार वर्ष पछि यो बजेट भन्दा चार गुण बढी सरकारले दिने छ । लहानको रिङ्ग रोड बनाउन आर्थिक वर्षको ०७५÷०७६ को वजेटले पुग्न सकिदैन त्यसैले रिङ्ग रोडको लागि छूटै बजेट दिनको लागी पहल गर्छु । किसानहरुले सिचाई सहज रुप पाउँन सरकारले कोशील र कमलाको डाभर्स योजना तयार गर्न लागेको छ जसले सप्तरी,सिरहा,धनुषाका किसानहरुले जतिवेला पनि सिचाई गर्न सकिन्छ र कृषि उत्पाादन बढन थाल्दा युवाहरु आफनै देशको माटोमा रोजागारी हुनेछ । मन्त्री तमाङले लहान नगरको विकासका लागि केन्द्रीय सरकारले सबै खाले सहयोग गर्न त्यार रहेको वचन दिनुभएको छ । अहिले कुनै कर्यले काठमाडौं धाउनु पर्दैन किनभने आफ्नै ठाउँमा सिंहदरवार छ त्यसैले सवै कार्य यहाँ नै हुन्छ । यहाँका बिकास र जनताको कामकाज सहज तरिकाले गराउन सरकारले मेयरलाई धेरै अधिकार दिएको छ । कुनै पनि अपठयारो काम छ भने मेयरले नै समाधान गर्न सकिन्छ ।
कार्यक्रमको अध्यक्ष , तथा लहान नगरपालिकाको अनुभवी मेयर मुनिसाहले लहानको २४ ओटै वाडाका सम्मान विकासका लागि दिगो विकासको अवधारणा अनुसार रोडम्यप र आर्थिक वर्ष २०७५९०७६ को नीति,कार्यक्रम र बजेटको संक्षेपिकरण, हाम्रो लहान समृद्ध लहान नाराका साथ प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा नगर विकाससिल कविता जिवछ उदासिले वाचन गर्नुभएको थियोे । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य गंगा यादवले जन्मेको आधारमा नागरिक्ता पाएको ब्यक्तिको छोरा छोरिलाई बनसजको आधारमा नागरिक्ता दिने कानुनी ब्यवस्था भएपनि हालसम्म नदिएकोले यो सरकार यो समस्या लाई छिटो भन्दा छिटो सामाधान गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६