गाईघाट, उदयपुर/ उदयपुर जिल्लाको ग्रामीण भेगमा अवैधरुपमा सञ्चालन हुँदै आएका केही औषधि पसल तथा क्लिनिकले अहिले उपचारको नाममा सम्बन्धित क्षेत्रका सोझासाझा स्थानीय सर्वसाधारण जनता ठग्ने कार्य गर्न थालेका छन् ।
जिल्लाको रौतामाई गाउँपालिकाको मुर्कुची बजार, सल्ले, फोक्सिङटार, भुटार, रसुवा, उदयपुरगढी गाउँपालिकाको पञ्चावती तथा नेपालटार बजार र कटारी नगरपालिकाको घुर्मी क्षेत्रमा अहिले कृतिम औषधि पसल सञ्चालक तथा क्लिनिक सञ्चालकले लुट मच्चाइरहेको आम स्थानीयवासी बताउन थालेका छन् ।
रसुवाघाट बजार क्षेत्रमा अहिले लाइसेन्स नभएकाले पनि औषधि बिक्री गर्ने गरेको र एउटा औषधिको मूल्य दोब्बर महँगोमा बिक्री गर्ने गरेको रसुवाघाटका सुजन मगरले बताउनुभयो ।
रौतामाई गाउँपालिकाकै चिसापानी बजार क्षेत्रमा अवैध औषधि पसल सञ्चालकले ज्वरो तथा पखालाको म्याद गुज्रेको औषधि स्थानीयवासी सर्वसाधारणलाई बिक्री गर्ने गरेको सल्ले आहालेका कृष्ण पाठकले बताउनुभयो ।
पाठक भन्नुहुन्छ, “आफ्नो नानीहरुलाई पटकपटक पखालाले सताएपछि सल्लेको स्थानीय पसलमा पखालाको औषधि किनेर नानीहरुलाई खुवाएपछि झनै साह्रो भएर सदरमुकाम गाईघाटमा लगेर उक्त औषधि देखाउँदा एक वर्षअघिनै उक्त पखालाको औषधिको म्याद गुज्रेको पुष्टि भयो ।”
तर गाउँका औषधि पसल सञ्चालकलाई सो कुरा सुनाउँदा उल्टै हप्काउने गरेको र आफूले त्यस्तो औषधि नै बिक्री नगरेको भनेर उल्टै हप्काएको पाठक बताउँछन् ।
यता पहाडी क्षेत्रको मुर्कुची, पञ्चावती र घुर्मी क्षेत्रमा समेत औषधि पसल सञ्चालकको कसैको पनि लाइसेन्स नभएको र अवैधरुपमा क्लिनिक तथा औषधि पसल सञ्चालन गर्दै आएको घुर्मीका स्थानीय भुपेन्द्र श्रेष्ठको भनाइ छ ।
श्रेष्ठका अनुसार यस्ता औषधि पसलले गाउँले र सोझासाझा जनतालाई औषधिको निर्धारण गरिएका मूल्यभन्दा दोब्बर बढी मूल्यमा औषधि बिक्री गरेर खुलेआम जनता ठग्ने गरेको श्रेष्ठले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय जिल्ला अस्पतालसहितको टोली अन्यत्र मुख्य बजार र शहरमा अनुगमन गर्न जाने गरेता पनि यी क्षेत्रमा उनीहरुको उपस्थिति हुन नसक्दा अवैध औषधि पसल र क्लिनिक सञ्चालकको सोझासाझा जनता ठग्ने कार्य दिनानदिन बढ्दै गएको पञ्चावतीका डम्बर कार्कीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदिय... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६