सुनसरीमा गुणस्तरहिन माछा

  • प्रकाशित मितिः पुष 9, 2074
  • मधेश स्पेशल
  • 1071 पटक पढिएको

आइतबार ०९, पुष, सुनसरी: सुनसरीमा प्रत्येक वर्ष कागजी रुपमा माछाको क्षेत्रफल बढ्दै गएको भएपनि सुनसरीका ७० प्रतिशत बढी उपभोक्ताले अझैपनि भारतिय गुणस्तरहिन माछा खान बाध्य भएका छन् ।

सरकारको अनुदान पाएर माछा पालन गर्ने क्रम बढेको तथ्याकंले देखाएपनि व्यवहारिक रुपमा माछा पालन जिल्लामा फस्टाउन नसकेको स्थानीयहरुले बताएका छन् । प्रत्येक वर्ष सरकारी अनुदान प्रति हेक्टर ३ लाख रुपियाँका दरले अनुदान लिएर पोखरी बनाउने र माछा पाल्ने क्रम बढेको देखिएपनि उपभोक्ताहरुले अस्वस्थ्यकर विषादीयुक्त माछा खान बाध्य भएका छन् ।जिल्लामा पोखरी संख्या १ हजार ५ सय ३० रहेको र कुल ४ सय २५ हेक्टर क्षेत्रफलमा माछा खेति हुदै आएको तथ्यांक छ ।

यो तथ्यांकलाई हेर्दा जति सन्तोषजनक रुपमा माछा उत्पादन हुनुपर्ने हो त्यति उत्पादन नभएको कृषकहरुले बताएका छन ।सरकारी तथ्याकं अनुसार जिल्लामा १ हजार २ सय ७६ दशमलव ७ मेट्रिकटन माछा उत्पादन हुदै आएको छ ।

यँहाका किसानहरुले माछालाई व्यवसायिक रुपमा लिएपनि सरकारी अनुदानमा रहेको विभेद र कमिसनका कारण आफूहरुलाई समस्या भएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६