तथ्यांकमा काेराेना भाइरस - COVID - 19

अवैध क्रसर बारेमा नबोल्न अनेक प्रलोभन

  • प्रकाशित मितिः असार 19, 2075
  • मधेश स्पेशल
  • 376 पटक पढिएको

इटहरी/ पूर्वका विभिन्न ठाउँमा मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बचाउन क्रसर व्यवसायीले प्रदेश सांसदलाई गाडीको प्रलोभन देखाएको खुल्न आएको छ । व्यवसायीहरूले मापदण्डविपरीत सञ्चालनमा रहेका उद्योगको विरुद्धमा बोल्दै आएका सांसदलाई गाडी उपहार दिने प्रलोभन देखाएका हुन् ।

मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बचाउन मोरङका तीन जना सांसदहरू कुलप्रसाद साम्बा (कुशल), सूयर्माराज राई र उपेन्द्र घिमिरेलाई कार उपहारको प्रलोभन देखाएको प्रदेश संंसद साम्बाले बताए ।

मोरङबाट निर्वाचित सांसद कुलप्रसाद साम्बाले आफूलाई त व्यवसायीले कारका साथै सुविधायुक्त ठाउँमा घर र छोराछोरीलाई सुविधायुक्त ठाउँमा पढाउने अफर दिएको जानकारी गराएका छन् ।

सांसद सूयर्माराज राईले पनि आपूmलाई गाडीको अफर आएको बताए । आफूलाई जनताको साथ र माया आवश्यक रहेको भन्दै व्यवसायीको प्रस्ताव अस्वीकार गरेको उनले बताएका छन् ।

मोरङ १ (ख) बाट निर्वाचित सांसद उपेन्द्र घिमिरे भने कार उपहारको लोभमा लोभिएको आशंका सांसदको छ । व्यवसायीको प्रस्तावपछि व्यवसायीको पक्षमा उनले आवाज उठाउन थालेको बताइएको छ ।

क्रसर व्यवसायी भीम पौडेलको गाडीमा सयर गर्नुका साथै पौडेललाई बचाइदिन माग गर्दै मुख्यमन्त्री शेरधन राईसँग भेट गराइदिनुका साथै पौडेललाई सहज हुने वातावरण बनाउन घिमिरे लागेको अन्य सांसदको बुझाइ छ ।

क्रसरमाथि कारवाही भए पूर्वमा भइरहेका विकासनिर्माणका काममा असर पर्ने भएकाले उत्खननको वातावरण बनाइदिन मुख्यमन्त्री राईसँग पौडेलले अनुरोध गरेको बताइएको छ ।

जिल्ला समन्वय समितिका संयोजक नरेश पोख्रेल र सांसद घिमिरे क्रसर व्यवसायीको पक्षमा लागेको बताइएको छ ।

क्रसर सञ्चालकहरूले आफू निकट राजनीतिक दलका नेता प्रयोग गरी फेरि पनि जिल्ला समन्वय समितिकै नाममा टेन्डर खुलाउन माग गरेका छन् । त्यस्तै, विकास निर्माणका काममा बाधा पुग्ने हुनाले तत्काल क्रसर बन्द नगराउन र प्रदेश सरकारले कानुनका रूपमा जारी गर्न भनेर कानुनी सल्लाहकारमार्र्फत् तयार पारेको प्रदेश कानुन तत्काल जारी गर्न नदिन कोशिस गर्दै आएको सांसदको भनाइ छ ।

विवादमा तानिएका क्रसर सञ्चालकहरूले भने प्रदेश सभा सांसदले लगाएको आरोप गलत भएको बताएका छन् ।

व्यवसायी पौडेलले प्रदेशका मुख्यमन्त्री भेट्ने अधिकार जोसँग पनि रहने बताएका छन् । उनले मुख्य मन्त्रीसँग भेट गर्दैमा आरोप लगाउनु न्यायोचित नहुने बताए ।

केहि दिन पहिले मोरङको केराबारी गाउँपालिकाको गाउँसभामा सहभागी भएका जिल्ला समन्वय समितिका संयोजक पोख्रेलले खदम खोलामा निर्वाध उत्खनन् गर्न पाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नवराजपुर गाउँपालिकाको बजेट ३१ करोड, सडक र कृषिमा प्राथमिकता

रोयाण्टर मण्डलसिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३१ करोड बढीको बजेट सार्व

विरोधको बाबजुद  बरियारपट्टी गाउँपालिको बजेट ५१ करोड ७ लाख बजेट प्रस्तुत

रोयाण्टर मण्डललहान / विरोधको बाबजुद पनि बहुमतले बरियारपट्टी गाउँपालिको चौथो गाउँसभाबाट आ.ब. ०७७/०७८ का

मधेसमा ‘माइनजनी प्रथा’: मृत्यु संस्कारमा अनिवार्य भोज, विपन्नलाई ऋणको बोझ

मिथिलेश यादव   सिरहा नगरपालिका–२ को सडक छेउमा लहरै फुसका छाप्रा छन्। ती मध्ये एउटा छाप्रो

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६