सुखीपुर नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

  • प्रकाशित मितिः असार २५, २०७५
  • रोयाण्टर मण्डल
  • 941 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्दै सुखीपुर नगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएका छन् । नगरपालिकाका शतप्रतिशत बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ ।
जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरको प्रमुख आतिथ्य र नगरपालिकाका मेयर रामऔतार यादवको अध्यक्षतामा आज आईतवार सुखीपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन ।
जन्मेदेखि डेढ वर्षसम्मका बालबालिकाले रोग प्रतिरोधात्मक ११ प्रकारका खोप पाए नपाएकोबारे महिला स्वास्थ्य स्वयंसेविकालाई घरदैलोमा परिचालन गरी पूर्ण खोप नपाएका बालबालिकालाई खोप लगाई पूर्ण पारिन्छ । स्वास्थ्य अधिकृत राजदेव यादबले भन्नुभयो, “ नगरपालिकामा सबै बालबालिकाले पूर्ण खोप पाएपछि मात्रै नगरपालिकालाई सुनिश्चितता घोषणा गरिन्छ ।”
खोपले रोगसँग लडने प्रतिरोधात्मक क्षमताको विकास गर्ने भएकाले बालबालिकालाई विसिजी, डिपिटी, हेपबिहिव, पोलियो, दादुरालगायतका खोप लगाएर ११ प्रकारका प्राणघातक रोगबाट बचाउन सकिने हुन्छ । क्षयरोग, धनुष्टंकार, भ्यागुते, लहरेखोकी, हेपाटाइटिस बी, हेमोफोलिस इन्फलुइन्जा, बी, पोलियो, दादुरा, जापनिज इन्सिफलाइटीसलगायतका प्राणघातक रोगविरुद्धको खोप निःशुल्क रुपमा निर्धारित खोप केन्द्रमा लगाइने गरिएको छ ।
पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा स्वागत मनत्वय सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले गर्नु भएको थियो उद्घोषण अन्देश्वर मण्डलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६