काठमाडौँ/ विश्कप फुटबल प्रतियोगिता अन्तरगत मस्कोमा भएको फाइनल भिडन्तमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै फ्रान्सले दोस्रो पटक उपाधि उचालेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो ।
खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि क्रोएसियाले २८ औं मिनेटमै गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो । उसका लागि इभान पेरिसिकले बराबरी गोल गरे ।
क्रोएसियाले खेल बराबरीमा ल्याएको १० मिनेटमै फेरि फ्रान्सले पेनाल्टी पायो र अग्रता लिने मौका पायो । कर्नर बलमा क्रोएसियाली डिफेन्डरले ह्याण्ड गर्न पुग्दा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोनि ग्रिजम्यानले गोलमा परिणत गरे ।
दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो । फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे ।
क्रोएसियाका लागि सान्त्वना गोल मारियो मान्जुकिजले ६९ औं मिनेटमा गरे । पहिलो पटक फाइनल पुगेको टिम क्रोएसियाले बलमाथि धेरै नियन्त्रण राखे पनि गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६