धरान/ दुवै मृगौलाले काम नगरेपछि नियमित डाइलाइसिस गराइरहेका उसुका पूर्व खेलाडी तथा स्वयम्सेवी प्रशिक्षक बिकी राईलाई धरान– ८ स्थित सिद्धार्थ पुस्तकालयले आर्थिक सहयोग गरेको छ ।
पुस्तकालयका सदस्यसमेत रहेका राईको धरान–१५ स्थित घरमा पुगेर पुस्तकालयका पदाधिकारीले सहयोग गरेका हुन् । राईको भारतमा मृगौला प्रत्यारोपणको तयारी भइरहेकाले आार्थिक सहयोग गरिएको पुस्तकालयका अध्यक्ष विसनसोर राईले जानकारी दिए । उनका अनुसार पुस्तकालयले ५१ जार २० रुपैयाँ सहयोग गरेको हो । यो रकम पुस्तकालयको कोष र पदाधिकारीबाट संकलन गरिएको हो ।
राईको मृगौला प्रत्यारोपण भारतमा गर्ने तयारी भइरहेको छ । यसको लागि कम्तीमा २० लाख र थप मासिक १८ हजार भारु खर्च लाग्नेछ । कुनै भरपर्दो आर्थिक स्रोत नभएका राईको उपचारमा अहिलेसम्म १० लाख खर्च भइसकेको छ । ऋणपान गरेर उपचार तथा मृगौला प्रत्यारोपणको तयारी उनको परिवारले गरिरहेको छ । अहिले सातामा २ पटक डाइलाइसिस गराउनु परिरहेको छ । उनले अढाइ दशक खेलकुदमा बिताएका छन् । खेलाडीको रूपमा करिब १४ वर्ष र प्रशिक्षकको रूपमा १० वर्षभन्दा बढी समय बिताएका छन् ।
खेलमा समर्पित प्रशिक्षक भए पनि उनी जागिरे भने होइनन् । उनी स्वयम्सेवी प्रशिक्षक हुन् । आफ्नो जीवन नै खेलकुदमा बिताए पनि उनलाई राष्ट्रिय खेलकुद परिषदले सामान्य जागिरसमेत दिएको छैन । खेलकुदको लागि आफ्नो जीवन समर्पण गरेका व्यक्तिको उपचारमा आर्थिक समस्या भएको सुनेर थोरैै भए पनि सहयोग गरिएको पुस्तकालयका उपाध्यक्ष कृष्ण राईले बताए ।
उनले भने, ‘उहाँ हाम्रो पुस्तकालयको परिवारभित्रकै हुनुहुन्छ, त्यसैले आफ्नो परिवारको सदस्यलाई परेको समस्यामा साथ दिन आएका हौं ।’ प्रशिक्षक बिकी पुस्तकालयका सदस्य हुन् भने उनकी श्रीमती गंगा पुस्तकालयकी सहसचिव हुन् ।
प्रतिक्रिया दिनुहोस
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६