तथ्यांकमा काेराेना भाइरस - COVID - 19

रक्सीमा मातिएका सेना विजय गुरुंगले पत्रकार गुप्तालाई कुटपिट गरे

  • प्रकाशित मितिः श्रावण 10, 2075
  • मधेश स्पेशल
  • 406 पटक पढिएको

लहान/ नेपाल पत्रकार महासंघ सिरहाका सदस्य तथा नवसंग्राम दैनिकका प्रतिनिधि गोपाल गुप्तालाई आज राती ९ बजेतीर उदयपुरको भुल्के १८ बाहिनीका सेनाले बीच सडकमा कुटपिट गरी घाईते बनाएको छ ।

पत्रकार गुप्ता लहान १ स्थित सहिद चौकको निलम ग्लास हाउसको अगाडि साथीहरुसंग कुरा गरिरहेको बेला नेपाली सेनाका विजय गुरुंग रक्सी खाएर गालीगलौज गर्दै कुटपिट गरेको हो । गुप्ताले प्रहरीलाई खबर गर्न लाग्दा सेना गुरुंग अश्लिल गाली गर्दै मार्सल आर्टको सहारामा पंच हानेर उनलाई घाईते तुल्याएको छ । गुप्ताले आफ्नो सुरक्षाको प्रयास गर्दा सेना गुरुंगले मोटरसाईकलको हेल्मेटले समेत प्रहार गरेको छ । गुप्ताको कन्चट र टाउंकोमा चोट लागेको छ । गुप्ताका साथी राहुल रौनियारलाई समेत सेना गुरुंगले टाउकोमा पंच हानेको छ । सेना गुरुंगले लखेटी लखेटी कुट्न थालेपछि गुप्ता ड्युटीमा रहेको सशस्त्र प्रहरी नजिक पुग्दा प्रहरीलाई समेत हातपात गरेको छ ।

स्थिति तनावग्रस्त हुंदा ईलाका प्रहरी कार्यालय लहानबाट आएका प्रहरी टोलीले सेना गुरुंगलाई नियन्त्रणमा लिएका छन् । रक्सीले मातिएका सेना गुरुंगलाई लहान प्रहरीले स्वास्थ्य परिक्षणको लागि लहान अस्पताल लगिएको छ ।

पत्रकारहरुलाई रक्सीले मातिएका सेना गुरुंगको फोटो समेत प्रहरीले खिच्न नदिएको र पत्रकार गुप्तालाई बीच सडकमा कुटपिट गरेको कार्यप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखा यो घटनाको घोर भत्र्सना गरेको छ । पत्रकार कुटपिट गर्ने सेना गुरुंगलाई हदैसम्म कारवाही गर्न नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ताले माग गरेको छ ।

उता, ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले भने ‘यो आर्मीहरुको लागि बलात्कार र कर्तव्य ज्यान मुद्दा बाहेक सबै कारवाही नेपाली सेनाभित्रै प्रक्रिया अनुरुप हुने भएकोले हामी यहांबाट पत्र पठाएर कारवाहीको माग अघि बढाउंने बताए ।’ ‘ स्वास्थ्य परिक्षणपछि लहान आर्मी क्याम्पलाई जिम्मा दिने ’ डिएसपी थापाले बताए । सेना गुरुंग उदयपुरको १८ बाहिनी भुल्केमा कार्यरत छन् भने तंनहु निवासी भएकाले आज उनी रक्सीमा मातिएर घर फर्किरहेका थिए । -न्यूज्वारभाटा साप्ताहिक

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नवराजपुर गाउँपालिकाको बजेट ३१ करोड, सडक र कृषिमा प्राथमिकता

रोयाण्टर मण्डलसिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३१ करोड बढीको बजेट सार्व

विरोधको बाबजुद  बरियारपट्टी गाउँपालिको बजेट ५१ करोड ७ लाख बजेट प्रस्तुत

रोयाण्टर मण्डललहान / विरोधको बाबजुद पनि बहुमतले बरियारपट्टी गाउँपालिको चौथो गाउँसभाबाट आ.ब. ०७७/०७८ का

मधेसमा ‘माइनजनी प्रथा’: मृत्यु संस्कारमा अनिवार्य भोज, विपन्नलाई ऋणको बोझ

मिथिलेश यादव   सिरहा नगरपालिका–२ को सडक छेउमा लहरै फुसका छाप्रा छन्। ती मध्ये एउटा छाप्रो

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६