चौतर्फी दबाबपछि प्रतिष्ठानका चिकित्सकद्वारा प्रांगणमै चेकजाँच

  • प्रकाशित मितिः श्रावण १०, २०७५
  • मधेश स्पेशल
  • 1200 पटक पढिएको

धरान/ डा. गोविन्द केसीको समर्थनमा १ हप्ता अगाडिदेखि ओपिडी बन्द गरेर आन्दोलनमा उत्रिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर चिकित्सकलाई चौतर्फी दबाब आएपछि उनीहरुले जिओपिडी अगाडिको खुल्ला प्रांगणमा बिरामीको चेकजाँच शुरु गरेका छन् ।

२ दिन अगाडि इटहरीको कस्तुरी कलेजमा अध्ययनरत विद्यार्थीले चिकित्सकको आन्दोलनले सर्वसाधारणले उपचार नपाएको भन्दै कस्तुरी कलेजबाट धरानको बीपी प्रतिष्ठानसम्मै पैदल हिँडेर प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारलाई ज्ञापनपत्र बुझाए । उनीहरूले आन्दोलनको नाममा सर्वसाधारणले अनाहकमा दुःख पाउन नहुने भन्दै सहज वातावरण मिलाइदिन उपकुलपति प्रा.डा. रौनियारलाई अनुरोध गरेका थिए ।

गोविन्द केसीको समर्थनमा गत शुक्रबारदेखि ओपिडी बन्द गरेर आन्दोलनमा उत्रिएका उनीहरूले मंगलबारदेखि भने सत्याग्रह नै शुरु गरे । लगातारको आन्दोलनले बिरामीले उपचार नपाउँदा उपचारका लागि प्रतिष्ठानमा आएका बिरामी उपचार नै नगरी घर फर्कन बाध्य थिए ।

व्यापक विरोध भएसँगै आन्दोलनको स्वरुप परिवर्तन गर्दै बुधबारदेखि जिओपिडी अगाडि नै बिरामीको चेकजाँच शुरु भएको हो । जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. जीवनाथ धमलाले माग पूरा नहुन्जेल बिरामीलाई बाहिर नै चेकजाँच गरी आन्दोलनलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६